

शौचालय जाँदा लडेर सशस्त्र प्रहरी हवल्दार यादवको मृत्यु
सप्तरी । सप्तरीको बोदेबर्साईन नगरपालिका–५ स्थित सशस्त्र प्रहरी बलको सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी हवल्दार जितेन्द्र कुमार यादवको दुःखद निधन भएको छ।
प्राप्त जानकारीअनुसार यादव आइतबार राति करिब ३ बजेतिर शौचालय जाने क्रममा अचानक लडेर गम्भीर घाइते भएका थिए। घटनापछि उनलाई तत्काल उपचारका लागि नजिकैको अस्पताल लगिएको थियो। तर चिकित्सकले उपचारकै क्रममा मृत घोषणा गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण सप्तरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रोशन बुढाथोकीले जानकारी दिएका छन्।
सशस्त्र प्रहरीका अनुसार मृतक यादव लामो समयदेखि उच्च रक्तचापको समस्याबाट पीडित थिए। प्रारम्भिक अनुमानअनुसार सोही स्वास्थ्य समस्याका कारण लडेर गम्भीर चोट लागेको हुन सक्ने बताइएको छ।
मृतक यादव बारा जिल्लाको पचरौता नगरपालिका–८ का स्थायी बासिन्दा हुन्।
घटनाबारे विस्तृत अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
समाज
थप सामाग्री-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
-
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
-
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
१ दिन अगाडि
1.8kViews 440 Shares Share on Facebook Share on Twitter काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको…



