

माइतीघर कुटपिट प्रकरण: शोभा पाठकमाथि आक्रमणमा १० जना नियन्त्रणमा
काठमाडौं । माइतीघर मण्डलामा अभियन्ता शोभा पाठकमाथि कुटपिट गरिएको घटनामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्।
सोमबार भएको उक्त घटनामा नेकपा एमाले नेता महेश बस्नेतकी पत्नीसहितको समूहले पाठकमाथि आक्रमण गरेको आरोप लागेको छ। घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भई तीव्र रूपमा भाइरल बनेपछि प्रहरीले तत्काल कारबाही अघि बढाएको हो। सार्वजनिक भिडियोमा केही महिलाहरूले पाठकलाई कपाल लुछालुछ गर्दै कुटपिट गरेको दृश्य देखिन्छ।
प्रहरीका अनुसार घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। स्वास्थ्य अवस्था सामान्य भएपछि उनीहरूबाट विस्तृत बयान लिई थप अनुसन्धान अघि बढाइने बताइएको छ। “उनीहरू सबैलाई अस्पताल लगिएको छ, त्यसपछि घटनाबारे थप बुझेर आवश्यक कारबाही गरिनेछ,” एसपी भट्टराईले बताएका छन्।
शोभा पाठकले यसअघि महेश बस्नेतमाथि बलात्कार तथा भ्रूण हत्याको आरोप लगाउँदै आएकी थिइन्। सोही विषयलाई लिएर पछिल्लो समय माइतीघर क्षेत्रमा विरोध प्रदर्शन भइरहेका बेला यो घटना भएको हो।
घटनापछि माइतीघर क्षेत्रको आन्दोलन थप तनावपूर्ण बनेको छ भने सामाजिक सञ्जालमा पनि व्यापक प्रतिक्रिया देखिएको छ। प्रहरीले घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउने जनाएको छ।
समाज
थप सामाग्री-
माइतीघर कुटपिट प्रकरण: शोभा पाठकमाथि आक्रमणमा १० जना नियन्त्रणमा
-
रास्वपामा विवादित सांसदमाथि तत्काल कारबाही नहुने संकेत
-
नेकपाको राष्ट्रिय महाधिवेशन मंसिर ११–१५ गते काठमाडौंमा हुने, तयारी कार्यतालिका सार्वजनिक
-
नारायणदत्त पौडेल सशस्त्रको महानिरीक्षक नियुक्त
-
माइतीघर मण्डलामा झडप: धर्नास्थलमा पुगेपछि अम्बिका बस्नेत र शोभा पाठकबीच तनाव
बर्दियामा अतिक्रमणविरुद्ध कडाइ : वन क्षेत्र खाली गर्न १५ दिने अल्टिमेटम
६ घण्टा अगाडि
1.6kViews 386 Shares Share on Facebook Share on Twitter बर्दिया । जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रमा बढ्दो अतिक्रमण रोक्न डिभिजन…



