

सरकारी बैंकका अध्यक्ष र सञ्चालकको सामूहिक राजीनामा
काठमाडौं । नेपाल सरकारको तर्फबाट सरकारी बैंकहरूमा प्रतिनिधित्व गर्दै आएका अध्यक्ष तथा सञ्चालकहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्।
राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको सञ्चालक समितिमा सरकारद्वारा नियुक्त अध्यक्ष तथा सञ्चालकहरूले बुधबार राजीनामा बुझाएका हुन्।
राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक देवकुमार ढकालले आफूले बुधबार नै राजीनामापत्र बुझाएको पुष्टि गर्दै सरकारलाई सहयोग पुग्ने उद्देश्यले पद त्याग गरेको बताए। उनका अनुसार अन्य सरकारी प्रतिनिधि सञ्चालकहरूले पनि एकैदिन राजीनामा दिएका छन्।
यस्तै, कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पौडेल सहित अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गरेका सञ्चालकहरूले पनि राजीनामा बुझाएका छन्। बैंकका कम्पनी सचिव हिमलाल पौडेलले अध्यक्षसहित सरकारी प्रतिनिधिहरूले पद त्याग गरेको जानकारी दिए।
तर, साधारण सेयरधनीको तर्फबाट नियुक्त सञ्चालक तथा स्वतन्त्र सञ्चालकहरूले भने हालसम्म राजीनामा दिएका छैनन्।
सरकारले अध्यादेशमार्फत १,५९४ जनालाई पदमुक्त गरेपछि त्यसको प्रभाव सरकारी स्वामित्व रहेका बैंकहरूको सञ्चालक समितिसम्म पुगेको हो। यद्यपि नेपाल राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थाहरूलाई उक्त निर्णयले प्रत्यक्ष रूपमा नछोएको बताइएको छ।
अर्थ मन्त्रालयले सरकारी प्रतिनिधिका रूपमा रहेका बैंक पदाधिकारीलाई राजीनामा दिन अनौपचारिक सन्देश पठाएको स्रोतले जनाएको छ।
उता नेपाल बैंक लिमिटेडका सञ्चालकहरूको भने औपचारिक राजीनामा आइसकेको छैन। तर उनीहरूले पनि चाँडै राजीनामा दिने प्रतिबद्धता जनाएको बताइएको छ।
समाज
थप सामाग्री-
लुटेराको सामना गर्ने साहसी सञ्जिता शाक्यलाई आईजीपी दानबहादुर कार्कीद्वारा सम्मान
-
सरकारी बैंकका अध्यक्ष र सञ्चालकको सामूहिक राजीनामा
-
सीमादेखि सुरक्षा सुदृढीकरणसम्म : डिआईजी खत्रीको रूपन्देहीका सीमावर्ती प्रहरी इकाइमा कडा अनुगमन
-
बागमती प्रदेशमा भाषा दिवसको अवसरमा सार्वजनिक बिदा, वैशाख २४ गते प्रदेशभर बिदा लागू
-
लिपुलेकसम्बन्धी भारत–चीन व्यापारिक सहमतिप्रति नेपाल असहमति, कूटनीतिक पहल अघि बढाइएको रास्वपाको दाबी
भिजिट भिसाको आवरणमा बढ्दो मानव तस्करी : राज्य कहिले गम्भीर बन्छ ?
१० घण्टा अगाडि
2.6kViews 377 Shares Share on Facebook Share on Twitter मध्यपूर्व क्षेत्रमा पछिल्लो समय बढेको तनाव, विशेषतः इरान र संयुक्त राज्य…



