

सीमादेखि सुरक्षा सुदृढीकरणसम्म : डिआईजी खत्रीको रूपन्देहीका सीमावर्ती प्रहरी इकाइमा कडा अनुगमन
रूपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी भूपेन्द्र बहादुर खत्रीले रूपन्देही जिल्लाका सीमावर्ती प्रहरी इकाइहरूको स्थलगत निरीक्षण गर्दै सीमा सुरक्षा, अपराध नियन्त्रण र नागरिकमैत्री प्रहरी सेवामा थप प्रभावकारिताका लागि निर्देशन दिएका छन्।
डिआईजी खत्रीले जिल्ला प्रहरी कार्यालय रूपन्देही मातहत रहेका इलाका प्रहरी कार्यालय मझगावाँ, प्रहरी चौकी बगौली, प्रहरी चौकी पाण्डे पिप्रहवा, प्रहरी चौकी मुडिला करौता तथा प्रहरी चौकी रोईनिहवाको अनुगमन गरेका हुन्। निरीक्षणका क्रममा उनले सीमावर्ती क्षेत्रमा देखिएका समसामयिक सुरक्षा चुनौती, खुला नाकाको निगरानी, अपराध न्यूनीकरण, विपद् व्यवस्थापन र जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने प्रहरी सेवाको प्रभावकारिताबारे विशेष चासो व्यक्त गरेका थिए।
उनले प्रहरी कर्मचारीलाई अनुशासन र व्यावसायिकता कायम राख्न निर्देशन दिँदै पोशाकको उचित प्रयोग, ड्युटी व्यवस्थापन, कार्यालय परिसरको सरसफाइ तथा भौतिक संरचनाको नियमित मर्मत–सम्भारमा ध्यान दिन आग्रह गरे। ट्राफिक व्यवस्थापनमा खटिने प्रहरीको सुरक्षाका लागि रिफ्लेक्टिभ ज्याकेटलगायत सुरक्षा सामग्री अनिवार्य प्रयोग गर्नसमेत उनले निर्देशन दिएका छन्।
सीमा सुरक्षालाई अझ सुदृढ बनाउन डिआईजी खत्रीले नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण गर्दै भारतीय सशस्त्र सीमा बल (एसएसबी) का अधिकारीहरूसँग भेटवार्ता गरेका थिए। भेटमा सीमा क्षेत्रमा शान्ति सुरक्षा, सूचना आदानप्रदान, समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको बताइएको छ।
लुम्बिनी प्रदेश प्रहरीले सीमावर्ती क्षेत्रमा हुने सम्भावित आपराधिक गतिविधि नियन्त्रण, नागरिकको सुरक्षा तथा कानूनी शासनको प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्दै सुरक्षा संयन्त्रलाई थप सक्रिय बनाइरहेको जनाएको छ।
समाज
थप सामाग्री-
लुटेराको सामना गर्ने साहसी सञ्जिता शाक्यलाई आईजीपी दानबहादुर कार्कीद्वारा सम्मान
-
सरकारी बैंकका अध्यक्ष र सञ्चालकको सामूहिक राजीनामा
-
सीमादेखि सुरक्षा सुदृढीकरणसम्म : डिआईजी खत्रीको रूपन्देहीका सीमावर्ती प्रहरी इकाइमा कडा अनुगमन
-
बागमती प्रदेशमा भाषा दिवसको अवसरमा सार्वजनिक बिदा, वैशाख २४ गते प्रदेशभर बिदा लागू
-
लिपुलेकसम्बन्धी भारत–चीन व्यापारिक सहमतिप्रति नेपाल असहमति, कूटनीतिक पहल अघि बढाइएको रास्वपाको दाबी
भिजिट भिसाको आवरणमा बढ्दो मानव तस्करी : राज्य कहिले गम्भीर बन्छ ?
१० घण्टा अगाडि
2.6kViews 377 Shares Share on Facebook Share on Twitter मध्यपूर्व क्षेत्रमा पछिल्लो समय बढेको तनाव, विशेषतः इरान र संयुक्त राज्य…



