बागमती प्रदेशमा भाषा दिवसको अवसरमा सार्वजनिक बिदा, वैशाख २४ गते प्रदेशभर बिदा लागू

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेश सरकारको कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै यही वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा हुने जनाएको हो ।

सरकारले विसं २०८१ देखि वैशाख २४ गतेलाई प्रदेश भाषा दिवसका रूपमा मनाउन सुरु गरेको हो । बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० अनुसार यो दिवस औपचारिक रूपमा कार्यान्वयनमा आएको हो ।

उक्त ऐन २०८० साल कात्तिक २३ गते प्रदेश राजपत्रमा प्रकाशित भएको थियो । ऐनको दफा (१) को उपदफा (३) बमोजिम राजपत्रमा प्रकाशन भएको १८० दिनपछि ऐन कार्यान्वयन हुने व्यवस्था अनुसार २०८१ वैशाख २४ गतेदेखि ऐन पूर्ण रूपमा लागू भएको हो ।

त्यही दिनलाई आधार मानेर पहिलो पटक प्रदेश भाषा दिवस मनाइएको र आगामी वर्षहरूमा पनि सोही मितिमा दिवस मनाइने मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box
TOP
143 Shares