

ओझेलमा परेको बगरको तातोपानी कुण्ड: प्राकृतिक उपचार र पर्यटनको अपार सम्भावना
म्याग्दी — जिल्लाको धवलागिरी गाउँपालिका–४ बगरमा रहेको प्राकृतिक तातोपानी कुण्ड पूर्वाधार अभाव, कमजोर प्रचारप्रसार र व्यवस्थापनको कमीका कारण ओझेलमा परेको छ। प्राकृतिक उपचार र आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना बोकेको यो कुण्ड हाल स्थानीय स्तरमै सीमित बनेको छ।
बगरको जेल्तुङ गाउँ नजिकै, म्याग्दी नदी किनार र पहाडको फेदीबाट करिब ५० डिग्री सेल्सियस तापक्रममा प्राकृतिक रूपमा तातोपानी निस्किने मुहान रहेको छ। तर, त्यहाँ पुग्ने पदमार्गमा झोलुङ्गे पुल, व्यवस्थित स्नान पोखरी र आश्रयस्थल जस्ता आधारभूत पूर्वाधारको अभाव छ।
वडा सदस्य हरिप्रसाद तिलिजाका अनुसार, “बगर र आसपासका बासिन्दाले परम्परागत रूपमा प्रयोग गर्दै आएको यो तातोपानी कुण्डलाई व्यवस्थित गर्दै प्राकृतिक उपचार केन्द्रको रूपमा विकास गर्ने तयारी भइरहेको छ।” उनका अनुसार निर्माणाधीन ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनाको सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत आवश्यक पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाइएको छ।
महिला र पुरुषका लागि छुट्टाछुट्टै स्नान पोखरी, आश्रयस्थल निर्माण तथा पहुँच मार्ग सुधार गर्ने योजना बनाइएको छ। तातोपानी कुण्डसम्म पुग्ने बाटोमा पर्ने म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माणका लागि पनि पहल थालिएको छ।
हाल ढुङ्गाले छाएको टहराभित्र सामान्य पोखरी बनाएर स्नान गर्ने व्यवस्था छ। बगर गाउँबाट करिब १० मिनेट पैदल दूरीमा रहेको यो कुण्ड नजिकैसम्म सडक सुविधा पनि पुगेको छ, जसले पहुँचलाई केही सहज बनाएको छ।
स्थानीय बासिन्दा अमर रसाइलीका अनुसार, “तातोपानीमा स्नान गर्दा ढाड दुख्ने, चोटपटक, छालासम्बन्धी समस्या, ग्यास्ट्रिक लगायतका स्वास्थ्य समस्या कम हुने अनुभव छ।” उनी हरेक वर्ष १०–१५ दिनसम्म यहाँ आएर दैनिक दुई घण्टा पानी थेरापी गर्ने गरेको बताउँछन्।
हाल बगर, मुदी, नाउरा, खिवाङ, मल्कवाङ, मलम्पार, मराङ, बिम र मुना गाउँका बासिन्दा उपचारका लागि यहाँ आउने गरेका छन्। वार्षिक करिब २०० देखि ३०० जनाले तातोपानी स्नान गर्ने गरेका छन्।
तातोपानी कुण्डसँगै रहेको अर्मके झरना र चक्रीय धौलागिरि पदमार्गसँग यसको सम्बन्धले यस क्षेत्रलाई अझ आकर्षक बनाउने सम्भावना देखिन्छ। आवश्यक पूर्वाधार विकास र प्रभावकारी प्रचारप्रसार गर्न सकेमा बगरको तातोपानी कुण्ड प्राकृतिक उपचार केन्द्र मात्र नभई महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्ने स्थानीयको विश्वास छ।
समाज
थप सामाग्री-
ओझेलमा परेको बगरको तातोपानी कुण्ड: प्राकृतिक उपचार र पर्यटनको अपार सम्भावना
-
फेक रेस्क्यु काण्ड : सिआइबीद्वारा दोस्रो चरणको अनुसन्धान सुरु, आरोपितको सम्पत्तिमाथि कडाइ
-
मालपोत कार्यालयको नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय’ कायम
-
वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको सिफारिस
-
एआईजी शाहद्वारा महिला गोल्ड कप विजेता टोलीलाई बधाई
बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा
१५ घण्टा अगाडि
1.7kViews 237 Shares Share on Facebook Share on Twitter मकवानपुर । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने…



