कीर्तिपुरमा २२ वर्षीय युवकको हत्या प्रकरण: तीन जना पक्राउ, अनुसन्धान जारी

काठमाडौं । मिति २०८३।०१।२३ गते अन्दाजी १४:२० बजे काठमाडौंको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक एक युवकको धारिलो हतियार प्रहारबाट हत्या भएको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार जिल्ला गुल्मी, धुर्कोट गाउँपालिका–७ घर भई हाल कीर्तिपुर नगरपालिका–३ ढाल्पा बस्दै आएका २२ वर्षीय विपिन घिमिरेलाई धारिलो हतियार प्रहार गरी ज्यान लिने कसूरमा संलग्न रहेको आरोपमा उनीहरू पक्राउ परेका हुन्।

प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले पक्राउ परेका व्यक्तिहरूलाई नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

पक्राउ पर्नेमा
१. जिल्ला अछाम, साँफेबगर नगरपालिका–४ घर भई हाल कीर्तिपुर नगरपालिका–९ भाजंगल बस्ने २५ वर्षीय महेन्द्र शाह
२. जिल्ला कैलाली, बर्दगोरिया गाउँपालिका–४ घर भई हाल कीर्तिपुर नगरपालिका–१० पाँगा दोबाटो बस्ने २३ वर्षीय रबिन्द्र धामी
३. जिल्ला कैलाली, घोडाघोडी नगरपालिका–१ घर भई हाल कीर्तिपुर नगरपालिका–८ सिनेमा हल बस्ने २२ वर्षीय रोशन बिष्ट रहेका छन्।

घटनाको कारण र पृष्ठभूमिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box
TOP
100 Shares