

लेलेमा सञ्चालित ओमकार आयल उद्योगद्वारा कम तौलको तेल बिक्री, सञ्चालक पक्राउ
काठमाडौँ । ललितपुरको लेलेस्थित महादेव खोलामा सञ्चालनमा रहेको ओमकार आयल इन्डस्ट्रिज प्रा.लि.ले मापदण्डभन्दा कम तौल भएको खाने तेल बिक्री–वितरण गरी उपभोक्ता ठगी गरेको खुलासा भएको छ।
विशेष सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको अनुसन्धानका क्रममा उद्योगले उत्पादन गर्ने ‘छहारी’ र ‘ओमकार’ ब्राण्डका सनफ्लावर तेल (१ लिटर र ५०० एमएल) को प्याकेटमा तोकिएकोभन्दा कम मात्रामा तेल राखी बजारमा पठाउने गरेको पाइएको हो।
अनुसन्धानका क्रममा प्याकेजिङ गरिएका तेलका नमुनामा वास्तविक तौल कम भेटिएपछि प्रहरीले उद्योगका सञ्चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१३, पाटन निवासी तथा उद्योग सञ्चालक ४३ वर्षीय विजय श्रेष्ठ रहेका छन्।
प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएर विभिन्न स्थानमा भण्डारण गरिएका तेलका गोदामहरूमा छापा मारेको थियो। सो क्रममा ठूलो परिमाणमा मापदण्डविपरीतका तेलका कार्टुनहरू बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरी उपरीक्षक तथा सूचना अधिकारी रामेश्वर कार्कीका अनुसार लेलेबाट २०० कार्टुन, इमाडोलबाट ५३० कार्टुन र थसिखेलबाट १७५ कार्टुन गरी कुल ९०५ कार्टुन छहारी तथा ओमकार ब्राण्डका सनफ्लावर तेल बरामद गरिएको हो।
पक्राउ परेका श्रेष्ठ र बरामद सामग्रीलाई ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ।
समाज
थप सामाग्री-
प्रहरीमा व्यापक सरुवा तयारी : काठमाडौं–ललितपुरका एसएसपीदेखि तराईका एसपीसम्म हेरफेर हुने
-
डीएसपी टेक जोरालाई जिल्ला प्रहरी कार्यालय बझाङको कमाण्ड
-
आज बैशाख २५ गते शुक्रबार,यस्तो छ तपाईको राशिफल
-
लुटेराको सामना गर्ने साहसी सञ्जिता शाक्यलाई आईजीपी दानबहादुर कार्कीद्वारा सम्मान
-
सरकारी बैंकका अध्यक्ष र सञ्चालकको सामूहिक राजीनामा
सीमादेखि सुरक्षा सुदृढीकरणसम्म : डिआईजी खत्रीको रूपन्देहीका सीमावर्ती प्रहरी इकाइमा कडा अनुगमन
२४ घण्टा अगाडि
2.1kViews 154 Shares Share on Facebook Share on Twitter रूपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी भूपेन्द्र बहादुर खत्रीले…



