

जोगवनी नाकामा उच्च सुरक्षा सतर्कता, परिचयपत्र अनिवार्य गर्दै कडा जाँच
मोरङ । रोहिङ्ग्या मुस्लिमहरू अवैध रूपमा नेपाल प्रवेश गर्न सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै मोरङको जोगवनी नाकामा सुरक्षा निकायले उच्च सतर्कता अपनाएको छ।
पश्चिम बङ्गालतर्फबाट हुन सक्ने सम्भावित घुसपैठ नियन्त्रण गर्न प्रशासनले नाकामा कडाइका साथ निगरानी बढाएको हो। नेपाल प्रवेश गर्ने सबै यात्रुका लागि परिचयपत्र अनिवार्य गरिएको छ भने तालिमप्राप्त कुकुरसहित विशेष सुरक्षा टोली परिचालन गरिएको छ।
विशेषगरी भारतको कोलकाताबाट जोगवनीतर्फ आउने रेल सेवा सञ्चालन हुने समयमा यात्रुको भीड बढ्ने भएकाले सो अवधिमा सुरक्षा जाँचलाई थप कडा बनाइएको सुरक्षा निकायले जनाएको छ।
सुरक्षाकर्मीहरूले भीडभाड हुने समयमा सूक्ष्म निगरानीसहित यात्रु तथा सामानहरूको विस्तृत जाँच गर्दै सम्भावित जोखिम रोकथाममा ध्यान केन्द्रित गरिरहेका छन्।
समाज
थप सामाग्री-
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
-
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
१ दिन अगाडि
2.4kViews 99 Shares Share on Facebook Share on Twitter मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको…



