डिआईजी दिपक रेग्मीद्वारा जिल्ला प्रहरी कार्यालय मकवानपुरको निरीक्षण

हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका कार्यालय प्रमुख डिआईजी दिपक रेग्मीले जिल्ला प्रहरी कार्यालय मकवानपुरको निरीक्षण गर्नुभएको छ ।

निरीक्षणका क्रममा डिआईजी रेग्मीले कार्यालयको हिरासत कक्ष, विभिन्न शाखा तथा सम्पूर्ण प्रशासनिक संरचनाको अवलोकन गर्नुभएको प्रहरीले जनाएको छ ।

निरीक्षणपछि उहाँले कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई समसामयिक सुरक्षा अवस्था तथा सेवा प्रवाहसँग सम्बन्धित आवश्यक निर्देशनसमेत दिनुभएको थियो ।

प्रहरी प्रशासनलाई अझ प्रभावकारी, उत्तरदायी र चुस्त बनाउने उद्देश्यसहित निरीक्षण गरिएको जनाइएको छ ।

Facebook Comments Box
आज बैशाख ३० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१२ घण्टा अगाडि

2.9kViews 150 Shares Share on Facebook Share on Twitter मेष- शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ…

TOP
296 Shares