

एसपी सन्तोष आचार्यको प्रमुख आतिथ्यतामा घुम्ती अनुशिक्षण तालिम सम्पन्न
कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा सञ्चालित प्रहरी हवल्दार/प्रहरी जवान लक्षित घुम्ती अनुशिक्षण कार्यक्रम अन्तर्गत ६ कार्य दिन अवधिको “अपराध अनुसन्धान तथा नियन्त्रण विशेष अनुशिक्षण” तालिम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक सन्तोष आचार्यको प्रमुख आतिथ्यतामा आयोजित समापन कार्यक्रममा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । प्रमुख अतिथि आचार्यले प्रशिक्षार्थीहरूलाई अपराध अनुसन्धान तथा नियन्त्रणसम्बन्धी सीपलाई व्यवहारमा प्रभावकारी रूपमा प्रयोग गर्न आवश्यक निर्देशन दिनुभयो ।
कार्यक्रम जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको आयोजनामा सम्पन्न भएको हो । तालिमले प्रहरी कर्मचारीहरूको व्यावसायिक क्षमता अभिवृद्धि, अनुसन्धान दक्षता सुधार तथा समसामयिक अपराध नियन्त्रणमा थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा प्रशिक्षार्थी तथा प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।
समाज
थप सामाग्री-
ललितपुरमा चितुवाको आक्रमणमा प्रहरी हवल्दार घाइते, किस्ट अस्पतालमा उपचाररत
-
सुन–चाँदी आयातमा भारतको भन्सार शुल्क १५ प्रतिशत पुर्याइयो, व्यापार घाटा र रुपैयाँ दबाब नियन्त्रण लक्ष्य
-
प्रहरी नेतृत्वमा सुधार र संस्थागत सुदृढीकरणमा आईजीपी दानबहादुर कार्कीको भूमिका
-
एसपी सन्तोष आचार्यको प्रमुख आतिथ्यतामा घुम्ती अनुशिक्षण तालिम सम्पन्न
-
डिआईजी दिपक रेग्मीद्वारा जिल्ला प्रहरी कार्यालय मकवानपुरको निरीक्षण
आज बैशाख ३० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१२ घण्टा अगाडि
2.9kViews 150 Shares Share on Facebook Share on Twitter मेष- शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ…



