काठमाडौँ महानगरले कक्षा ११–१२ छात्रवृत्ति परीक्षा जेठ १७ गते सञ्चालन गर्ने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि छात्रवृत्ति परीक्षाको तयारी सुरु गरेको छ । महानगरपालिकाले आगामी जेठ १ गतेदेखि छात्रवृत्ति परीक्षाका लागि अनलाइन आवेदन फाराम खुला गर्ने जनाएको छ ।

महानगरपालिकाका अनुसार छात्रवृत्ति परीक्षा आगामी जेठ १७ गते सञ्चालन गरिनेछ । परीक्षा मार्फत योग्य तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई विभिन्न विद्यालयमा छात्रवृत्तिमा अध्ययन गर्ने अवसर प्रदान गरिने बताइएको छ ।

विद्यार्थीहरूले महानगरपालिकाले तोकेको अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । आवेदन प्रक्रिया, आवश्यक कागजात, परीक्षा केन्द्र तथा अन्य विस्तृत विवरण महानगरपालिकाको आधिकारिक सूचना मार्फत सार्वजनिक गरिने जनाइएको छ ।

महानगरपालिकाले शिक्षा क्षेत्रमा समान पहुँच सुनिश्चित गर्न तथा जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कार्यक्रमबाट हजारौँ विद्यार्थी लाभान्वित हुँदै आएका छन् ।

Facebook Comments Box
आज बैशाख ३० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१० घण्टा अगाडि

2.9kViews 150 Shares Share on Facebook Share on Twitter मेष- शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ…

TOP
171 Shares