प्रधानमन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभा तनावग्रस्त, हर्क साम्पाङसहित सांसदद्वारा बैठक बहिष्कार

हर्क साम्पाङ ले प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।

आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित हुनुपर्ने माग गर्दै हर्क साम्पाङसहित श्रम संस्कृति पार्टीका सांसदहरू बैठक छाडेर बाहिरिएका हुन्।

सरकारको नीति तथा कार्यक्रममाथि आजबाट संसद्मा छलफल सुरु गर्ने कार्यसूची थियो। संसद् सचिवालयले प्रधानमन्त्री शाहले सांसदहरूको प्रश्नको जवाफ दिने कार्यसूची सार्वजनिक गरे पनि अन्तिम समयमा जवाफ स्वर्णिम वाग्ले ले दिने तयारी भएपछि विपक्षी दलहरूले विरोध जनाएका थिए।

प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर विपक्षी सांसदहरूले संसद्मा नाराबाजीसमेत गरेका थिए। उनीहरूले प्रधानमन्त्रीले संसद्लाई बेवास्ता गरेको आरोप लगाउँदै राजीनामासमेत माग गरेका छन्।

यही क्रममा हर्क साम्पाङले “प्रधानमन्त्री नै नआउने हो भने यस्तो बैठकको अर्थ छैन” भन्ने आशय व्यक्त गर्दै बैठक बहिष्कार गरेका हुन्।
प्रधानमन्त्री शाह पछिल्ला दिनमा संसद्मा मौन बसेको, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा बीचमै बाहिरिएको लगायतका विषयमा लगातार आलोचनामा छन्। त्यसैले आजको बैठकमा उनको अनुपस्थितिले राजनीतिक माहोल थप तातेको छ।

Facebook Comments Box
आज बैशाख ३० गते बुधबार,यस्तो छ तपाईको राशिफल
९ घण्टा अगाडि

2.7kViews 150 Shares Share on Facebook Share on Twitter मेष- शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ…

TOP
287 Shares