सांसद रीमा विश्वकर्माद्वारा हिरासत मृत्यु र मानवअधिकार उल्लङ्घनबारे गम्भीर चिन्ता

काठमाडौँ । प्रतिनिधिसभा सदस्य रीमा विश्वकर्माले हिरासतभित्र हुने मृत्यु तथा दलित र सीमान्तकृत समुदायमाथि भइरहेका मानवअधिकार उल्लङ्घनप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन्।

संसदमा बोल्दै उनले मानवअधिकार सम्बन्धी संस्था को तथ्यांक उद्धृत गर्दै पछिल्लो एक वर्षमा हिरासतभित्र ८८ जनाको मृत्यु भएको जानकारी दिइन्। उनका अनुसार तीमध्ये अधिकांश मृतक दलित तथा सीमान्तकृत समुदायका नागरिक रहेका छन्।

विश्वकर्माले राज्य संयन्त्रभित्रै मानवअधिकारको संरक्षण कमजोर बन्दै गएको भन्दै तत्काल सुधार आवश्यक रहेको बताइन्। उनले संविधानले सुनिश्चित गरेको समान अधिकार र मर्यादित जीवन व्यवहारमा पूर्ण रूपमा स्थापित नभएसम्म संघर्ष जारी रहने स्पष्ट पारिन्।

उनले हिरासत तथा कारागारभित्र हुने घटनाहरूको पारदर्शी छानबिन, उत्तरदायित्व सुनिश्चितता र न्यायिक निगरानी सुदृढ गर्न सरकारसँग आग्रह समेत गरेकी छन्।

Facebook Comments Box
आज बैशाख ३० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१२ घण्टा अगाडि

2.9kViews 150 Shares Share on Facebook Share on Twitter मेष- शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ…

TOP
487 Shares