दीपकराज गिरीद्वारा ‘प्रचण्ड’ को संसदीय सम्बोधनको प्रशंसा, सामाजिक सञ्जालमा चर्चा

काठमाडौं । कलाकार दीपकराज गिरीले पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष को पछिल्लो संसदीय सम्बोधनको प्रशंसा गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै कलाकार दिपकराज गिरीले प्रचण्डमा पछिल्लो दशकमा परिपक्व नेतामा हुनुपर्ने गुण देखिएको उल्लेख गरेका हुन्।

उनले लेखेका छन्,
“व्यक्तिगत रूपमा पछिल्लो दशकमा एउटा परिपक्व नेतामा हुनुपर्ने गुण चाहिँ प्रचण्डमा देखियो । विगतका गल्ती–कमजोरी स्वीकार्ने, विपक्षीको तारिफ पनि गर्ने, सुझाव पनि दिने — समग्रमा परिस्थिति अनुसार आफूलाई प्रस्तुत गर्ने ।”

गिरीको उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन्। कतिपय प्रयोगकर्ताले उनको विचारलाई समर्थन गरेका छन् भने केहीले कलाकारले राजनीतिक विषयमा खुलेर धारणा राखेको भन्दै आलोचना समेत गरेका छन्।

हालै प्रतिनिधिसभामा विशेष सम्बोधन गर्दै प्रचण्डले गणतन्त्र, समावेशीता, संविधान संशोधन, प्रेस स्वतन्त्रता, सुकुम्बासी समस्या तथा वर्तमान सरकारको कार्यशैलीबारे धारणा राखेका थिए। उनले सरकारको आलोचना गर्दै लोकतान्त्रिक मूल्य र सामाजिक न्याय कमजोर नबनाउन आग्रह गरेका थिए।

पछिल्लो समय राजनीतिक विषयमा कलाकार तथा सार्वजनिक व्यक्तित्वहरूको सक्रिय टिप्पणी बढ्दै गएको सन्दर्भमा दीपकराज गिरीको यो अभिव्यक्ति पनि चर्चाको विषय बनेको छ।

Facebook Comments Box
आज बैशाख ३० गते बुधबार,यस्तो छ तपाईको राशिफल
९ घण्टा अगाडि

2.7kViews 150 Shares Share on Facebook Share on Twitter मेष- शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ…

TOP
121 Shares