

हर्क साम्पाङको आरोप: “देशमा प्रधानमन्त्री नै छैन, संसद् मनखुशी चलाइँदैछ”
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संघीय संसद् बैठक बहिष्कार गर्दै देशमा प्रधानमन्त्री नै नभएको टिप्पणी गरेका छन्। संसद् परिसरबाहिर सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले वर्तमान सत्ता सञ्चालनप्रति कडा असन्तुष्टि जनाएका हुन्।
साम्पाङले सत्तारुढ दलले मनोमानी ढंगले संसद् सञ्चालन गरिरहेको आरोप लगाउँदै जनप्रतिनिधिमूलक संस्थामाथि अनियमित अभ्यास भइरहेको दाबी गरे। उनले भने, “हामीले संसद् बैठक बहिष्कार गरेका हौं। देशमा प्रधानमन्त्री नै छैन जस्तो छ। भएको भए त संसद्मा आउनुपर्ने हो। तर प्रधानमन्त्री कहिल्यै नआउने, महत्वपूर्ण विषयहरू अरूलाई टेबल गर्न पठाउने भइरहेको छ।”
उनले सांसदहरूलाई अत्यधिक कार्यभार र तयारीका लागि अपर्याप्त समय दिइएको भन्दै असन्तुष्टि व्यक्त गरे। नीति तथा कार्यक्रममाथिको छलफलका लागि पर्याप्त समय नदिइएको र बजेट प्रक्रिया पनि त्यस्तै ढंगले अघि बढाइएको उनको आरोप थियो।
साम्पाङले सांसदहरूलाई “ठेलीका ठेली किताब दिएर भोलि पढेर आउनु” भनेजस्तो व्यवहार गरिएको टिप्पणी गर्दै संसदीय अभ्यास कमजोर बनाइएको दाबी गरे।
उनले थपे, “हामी निस्किसकेका छौँ, अरू पनि आक्रोशित छन्। अब यसको मूल्याङ्कन जनताले गर्नेछन्।”
संसद् बहिष्कारपछि प्रमुख प्रतिपक्षी तथा अन्य असन्तुष्ट सांसदहरूबीचको असहमति अझै चर्किँदै गएको देखिएको छ।
समाज
थप सामाग्री-
ललितपुरमा चितुवाको आक्रमणमा प्रहरी हवल्दार घाइते, किस्ट अस्पतालमा उपचाररत
-
सुन–चाँदी आयातमा भारतको भन्सार शुल्क १५ प्रतिशत पुर्याइयो, व्यापार घाटा र रुपैयाँ दबाब नियन्त्रण लक्ष्य
-
प्रहरी नेतृत्वमा सुधार र संस्थागत सुदृढीकरणमा आईजीपी दानबहादुर कार्कीको भूमिका
-
एसपी सन्तोष आचार्यको प्रमुख आतिथ्यतामा घुम्ती अनुशिक्षण तालिम सम्पन्न
-
डिआईजी दिपक रेग्मीद्वारा जिल्ला प्रहरी कार्यालय मकवानपुरको निरीक्षण
आज बैशाख ३० गते बुधबार,यस्तो छ तपाईको राशिफल
९ घण्टा अगाडि
2.7kViews 150 Shares Share on Facebook Share on Twitter मेष- शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ…



