

हिरासतमा सुलभ अग्रवाललाई ‘विशेष सुविधा’ दिएको आशङ्का, उपत्यका प्रहरीले थाल्यो उच्चस्तरीय छानबिन
काठमाडौं । सम्पत्ति शुद्धीकरणको आरोपमा हिरासतमा रहेका व्यवसायी सुलभ अग्रवाललाई प्रहरी हिरासतभित्र ‘विशेष सुविधा’ उपलब्ध गराइएको आशङ्कामा उपत्यका प्रहरीले उच्चस्तरीय छानबिन सुरु गरेको छ।
ललितपुर प्रहरीको हिरासतमा रहेका अग्रवालको साथबाट आइप्याड फेला परेपछि घटनालाई गम्भीर रूपमा लिँदै उपत्यका प्रहरी कार्यालयले डिआइजी ओम अधिकारीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो।
उपत्यका प्रहरी कार्यालयका एक अधिकृतका अनुसार अग्रवाल र ललितपुरका एसएसपी होवेन्द्र बोगटी बीच कुनै प्रकारको प्रभाव वा विशेष पहुँच प्रयोग भएको थियो कि भन्ने विषयमा समेत अनुसन्धान केन्द्रित गरिएको छ। समितिले जेठ १ गते शुक्रबारदेखि औपचारिक रूपमा अनुसन्धान थालेको जनाएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गरेपछि अग्रवाललाई जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको थियो। त्यही क्रममा हिरासतभित्रबाट आइप्याड बरामद भएपछि घटनाले नयाँ मोड लिएको हो। बरामद गरिएको आइप्याड जिल्ला प्रहरी परिसरले उपत्यका प्रहरी कार्यालयलाई बुझाइसकेको छ।
छानबिन समितिका एक सदस्यका अनुसार हिरासत सुरक्षामा खटिएका प्रहरी कर्मचारीसँग सोधपुछ भइरहेको छ। प्रारम्भिक उजुरीमा अग्रवाललाई एसएसपीकै निर्देशनमा अन्य थुनुवाभन्दा फरक कोठामा राखिएको तथा विशेष सुविधा दिइएको ललितपुर प्रहरी सोर्तले बताउँदै आएको छ।
घटनाको छानबिन सुरु भएसँगै अग्रवाललाई विभागले अस्पताल भर्ना गरेको स्रोतले जनाएको छ।
यता, सम्पत्ति शुद्धीकरण प्रकरणमै अनुसन्धानको दायरामा रहेका अर्का आरोपी दीपक भट्टलाई प्रहरी वृत्त बौद्धको हिरासतमा राखिएको छ। हिमालयन रि–इन्स्योरेन्समार्फत रकम हिनामिना गरी शुद्धीकरण गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अग्रवाल र भट्ट दुवैमाथि अनुसन्धान अघि बढाइरहेको छ।
शंकर ग्रुपसँग सम्बन्धित व्यवसायी अग्रवाललाई विभागले चैत २२ गते नियन्त्रणमा लिएको थियो भने भट्टलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चैत १९ गते पक्राउ गरी विभागको जिम्मा लगाएको थियो।
समाज
थप सामाग्री-
एसपी अपील बोहराद्वारा प्रहरी जवान नरेन्द्र घटाल ‘बैशाख महिनाको उत्कृष्ट प्रहरी’ घोषित
-
ललितपुर प्रहरी परिसरमाथि छानबिन, हिरासतमा विशेष सुविधा दिएको आरोपपछि उच्चस्तरीय समिति गठन
-
हिरासतमा सुलभ अग्रवाललाई ‘विशेष सुविधा’ दिएको आशङ्का, उपत्यका प्रहरीले थाल्यो उच्चस्तरीय छानबिन
-
आज जेठ ०५ गते मंगलबार,यस्तो छ तपाईको राशिफल
-
कर्तव्यनिष्ठ प्रहरीलाई सम्मान, संगठनप्रति बढ्दो भरोसा
जेठ महिनाका ‘पुलिस अफ द मन्थ’ घोषित भए प्रहरी निरीक्षक गंगाराम बुढाथोकी
१४ घण्टा अगाडि
1.5kViews 133 Shares Share on Facebook Share on Twitter काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी निरीक्षक…



