

जेठ महिनाका ‘पुलिस अफ द मन्थ’ घोषित भए प्रहरी निरीक्षक गंगाराम बुढाथोकी
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी निरीक्षक गंगाराम बुढाथोकीलाई २०८३ साल जेठ महिनाको ‘Police of the Month’ घोषणा गर्दै प्रशंसा–पत्र प्रदान गरेको छ।
काठमाडौं परिसरले बुढाथोकीले अपराध अनुसन्धान तथा प्रहरी कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउन उल्लेखनीय योगदान पुर्याएको जनाएको छ।
नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारी पूर्ण रूपमा लगनशील, कर्तव्यनिष्ठ र व्यावसायिक ढंगले सम्पन्न गरेको भन्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
प्रशंसा–पत्रमा आगामी दिनमा पनि काठमाडौं जिल्लाको अपराध अनुसन्धान, नियन्त्रण तथा शान्ति सुरक्षा व्यवस्थापनमा अझ महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले प्रशंसा–पत्र प्रदान गरेका हुन्।
समाज
थप सामाग्री-
एसपी अपील बोहराद्वारा प्रहरी जवान नरेन्द्र घटाल ‘बैशाख महिनाको उत्कृष्ट प्रहरी’ घोषित
-
ललितपुर प्रहरी परिसरमाथि छानबिन, हिरासतमा विशेष सुविधा दिएको आरोपपछि उच्चस्तरीय समिति गठन
-
हिरासतमा सुलभ अग्रवाललाई ‘विशेष सुविधा’ दिएको आशङ्का, उपत्यका प्रहरीले थाल्यो उच्चस्तरीय छानबिन
-
आज जेठ ०५ गते मंगलबार,यस्तो छ तपाईको राशिफल
-
कर्तव्यनिष्ठ प्रहरीलाई सम्मान, संगठनप्रति बढ्दो भरोसा
जेठ महिनाका ‘पुलिस अफ द मन्थ’ घोषित भए प्रहरी निरीक्षक गंगाराम बुढाथोकी
१५ घण्टा अगाडि
1.5kViews 133 Shares Share on Facebook Share on Twitter काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी निरीक्षक…



