

प्रधानन्यायाधीश सिफारिस विवाद : बार एसोसिएसनको आकस्मिक बैठक, सर्वोच्चदेखि संसद्सम्म तरंग
काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश सिफारिस विवादसँग सम्बन्धित पछिल्ला घटनाक्रमबारे धारणा तय गर्न आकस्मिक बैठक बोलाएको छ।
संवैधानिक परिषद्ले वरिष्ठताको आधारलाई बेवास्ता गर्दै चौथो वरीयतामा रहेका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि विवाद चुलिएको हो। उक्त सिफारिसविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता प्रेम सिलवाललगायतले सर्वोच्च अदालतमा रिट दायर गर्न खोजेका थिए।
तर, सर्वोच्च अदालत प्रशासनले रिट दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेपछि विवाद झन् गहिरिएको थियो। दरपिठविरुद्ध दिइएको निवेदनसमेत लामो समयसम्म होल्डमा राखिएको भन्दै रिट निवेदक प्रेम सिलवालले सोमबार बिहान कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई भेटेर गुनासो गरेका थिए।
सिलवालले निवेदन इजलासमा पेस हुनुपर्ने प्रक्रियासमेत रोकिएको आरोप लगाएपछि कामु प्रधानन्यायाधीश मल्लले एक बजेभित्र निवेदन दर्ता गर्न निर्देशन दिएको स्रोतले जनाएको छ। उनले न्यायाधीश शर्माकै निर्देशनमा निवेदन रोकिएको भन्ने आरोपबारे समेत चासो व्यक्त गरेको बताइएको छ।
कामु प्रधानन्यायाधीशको उक्त निर्देशनपछि घटनाले राजनीतिक रूपसमेत लिन थालेको छ। प्रतिनिधिसभाको बैठकमा केही सांसदहरूले न्यायालयभित्रको प्रक्रियामाथि प्रश्न उठाउँदै आपत्ति जनाएका छन्।
यही विकसित घटनाक्रम—प्रधानन्यायाधीश सिफारिस, रिट दर्ता विवाद, अदालत प्रशासनको भूमिकादेखि संसद्मा उठेका प्रतिक्रियासम्म—बारे संस्थागत धारणा बनाउन नेपाल बार एसोसिएसनले आकस्मिक बैठक डाकेको जनाएको छ।
समाज
थप सामाग्री-
एसपी अपील बोहराद्वारा प्रहरी जवान नरेन्द्र घटाल ‘बैशाख महिनाको उत्कृष्ट प्रहरी’ घोषित
-
ललितपुर प्रहरी परिसरमाथि छानबिन, हिरासतमा विशेष सुविधा दिएको आरोपपछि उच्चस्तरीय समिति गठन
-
हिरासतमा सुलभ अग्रवाललाई ‘विशेष सुविधा’ दिएको आशङ्का, उपत्यका प्रहरीले थाल्यो उच्चस्तरीय छानबिन
-
आज जेठ ०५ गते मंगलबार,यस्तो छ तपाईको राशिफल
-
कर्तव्यनिष्ठ प्रहरीलाई सम्मान, संगठनप्रति बढ्दो भरोसा
जेठ महिनाका ‘पुलिस अफ द मन्थ’ घोषित भए प्रहरी निरीक्षक गंगाराम बुढाथोकी
१५ घण्टा अगाडि
1.5kViews 133 Shares Share on Facebook Share on Twitter काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी निरीक्षक…



