

दुर्गा प्रसाईं पक्राउ, वीरगन्जको होटेलबाट नियन्त्रणमा लिएपछि प्रहरी हिरासतमा
वीरगन्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई पर्साको वीरगन्जस्थित होटेल दियालो लर्ड्सबाट जरुरी पक्राउ पुर्जीका आधारमा केहीबेर अघि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ ।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपाल’ का संयोजक रहेका प्रसाईं आफ्नै अभियानअन्तर्गत आयोजना हुने कार्यक्रमका लागि वीरगन्ज पुगेका थिए । उक्त कार्यक्रम भोलिका लागि तय गरिएको थियो ।
प्रहरीका अनुसार कार्यक्रमको पूर्वसन्ध्यामा उनलाई नियन्त्रणमा लिइएको हो ।
यसबीच, सामाजिक सञ्जाल टिकटकमा सार्वजनिक भएको एक भिडियोमा उनले प्रधानमन्त्री तथा अन्य उच्च पदस्थ अधिकारीहरूप्रति अशोभनीय टिप्पणी गरेको भन्दै त्यसबारे पनि विभिन्न कोणबाट चर्चा भइरहेको छ । सोही विषयसँग सम्बन्धित रहेर अनुसन्धान तथा प्रक्रियागत कारबाही अघि बढाइएको स्रोतले जनाएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
समाज
थप सामाग्री-
एसपी अपील बोहराद्वारा प्रहरी जवान नरेन्द्र घटाल ‘बैशाख महिनाको उत्कृष्ट प्रहरी’ घोषित
-
ललितपुर प्रहरी परिसरमाथि छानबिन, हिरासतमा विशेष सुविधा दिएको आरोपपछि उच्चस्तरीय समिति गठन
-
हिरासतमा सुलभ अग्रवाललाई ‘विशेष सुविधा’ दिएको आशङ्का, उपत्यका प्रहरीले थाल्यो उच्चस्तरीय छानबिन
-
आज जेठ ०५ गते मंगलबार,यस्तो छ तपाईको राशिफल
-
कर्तव्यनिष्ठ प्रहरीलाई सम्मान, संगठनप्रति बढ्दो भरोसा
जेठ महिनाका ‘पुलिस अफ द मन्थ’ घोषित भए प्रहरी निरीक्षक गंगाराम बुढाथोकी
१४ घण्टा अगाडि
1.5kViews 133 Shares Share on Facebook Share on Twitter काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी निरीक्षक…



