

बारको कडा विरोध : सर्वोच्च प्रशासनविरुद्ध दिउँसै लालटिन बाल्ने कार्यक्रम घोषणा
काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनविरुद्ध कडा विरोध कार्यक्रम घोषणा गर्दै आज दिउँसै लालटिन बालेर प्रदर्शन गर्ने भएको छ । रिट तथा निवेदन दर्ता गर्न अस्वीकार गरिएको भन्दै बारले अदालत प्रशासनको कदमलाई न्यायिक प्रक्रियामाथिको अवरोध र “अप्राकृतिक तथा असाधारण” कार्यको संज्ञा दिएको छ ।
सोमबार कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधानसँगको भेटपछि बसेको बारको बैठकले सर्वोच्च अदालत प्रशासनबाट “अनपेक्षित क्रियाकलाप र हर्कत” भएको निष्कर्ष निकालेको हो । बार महासचिव केदार कोइरालाका अनुसार सर्वोच्च अदालत परिसरमै कानुन व्यवसायीहरूले विरोध प्रदर्शन गर्दै “न्याय, विवेक र स्वच्छ प्रक्रियाको खोजी” गर्नेछन् ।
बारले सर्वोच्च अदालतमा पेश भएका रिट तथा निवेदनहरू प्रशासनले दर्ता नगरी दरपीठ गरेर फर्काएको आरोप लगाएको छ । संविधानको धारा १३६, न्याय प्रशासन ऐन २०७३ को दफा ३५ तथा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ७ र ८ अनुसार कामु प्रधानन्यायाधीशबाट दर्ता गर्न आदेश दिइए पनि प्रशासनले अवज्ञा गरेको बारको दाबी छ ।
बारको निर्णयमा भनिएको छ, “मिति २०८३ जेठ ५ गते दिउँसो १:१५ बजे नेबाए प्रांगणमा लालटिन बालेर अदालत प्रशासनको अनपेक्षित क्रियाकलाप र हर्कतको विरोधसहित न्याय, विवेक र स्वच्छ प्रक्रियाको खोजी गरिनेछ ।”
बारले दरपीठविरुद्धका निवेदन विनाकारण दर्ता नगर्नु प्रशासनको अधिकार क्षेत्र बाहिरको कार्य भएको ठहर गरेको छ । साथै, न्याय प्रशासनको अन्तिम जिम्मेवारी बोकेको कामु प्रधानन्यायाधीशको आदेशसमेत कार्यान्वयन नगर्नु “ऐतिहासिक भूल” भएको टिप्पणी गरिएको छ ।
यसैबीच, अदालतमा विचाराधीन विषयमा संसदमा गरिएको टिप्पणीप्रति पनि बारले आपत्ति जनाएको छ । संविधानको धारा १०५ अनुसार अदालतमा विचाराधीन विषयमा छलफल गर्न नपाइने व्यवस्था भए पनि त्यसको उल्लङ्घन गरिएको बारको भनाइ छ ।
बारले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराउँदै त्यस्ता अभिव्यक्तिहरू संसदीय अभिलेखबाट हटाउन माग गरेको छ ।
समाज
थप सामाग्री-
एसपी अपील बोहराद्वारा प्रहरी जवान नरेन्द्र घटाल ‘बैशाख महिनाको उत्कृष्ट प्रहरी’ घोषित
-
ललितपुर प्रहरी परिसरमाथि छानबिन, हिरासतमा विशेष सुविधा दिएको आरोपपछि उच्चस्तरीय समिति गठन
-
हिरासतमा सुलभ अग्रवाललाई ‘विशेष सुविधा’ दिएको आशङ्का, उपत्यका प्रहरीले थाल्यो उच्चस्तरीय छानबिन
-
आज जेठ ०५ गते मंगलबार,यस्तो छ तपाईको राशिफल
-
कर्तव्यनिष्ठ प्रहरीलाई सम्मान, संगठनप्रति बढ्दो भरोसा
जेठ महिनाका ‘पुलिस अफ द मन्थ’ घोषित भए प्रहरी निरीक्षक गंगाराम बुढाथोकी
१४ घण्टा अगाडि
1.5kViews 133 Shares Share on Facebook Share on Twitter काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी निरीक्षक…



