

निर्देशन उल्लंघनमा हिमालयन बैंकलाई राष्ट्र बैंकको कारबाही, सञ्चालक समिति र सीईओ सचेत
काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा हिमालयन बैंकलाई निर्देशन उल्लंघनमा कारबाही, सञ्चालक समिति र सीईओलाई सचेत गराएको छ।
नेपाल राष्ट्र बैंकले निर्देशन विपरीत कार्य गरेको ठहर गर्दै हिमालयन बैंक लिमिटेडलाई कारबाही गरेको छ। केन्द्रीय बैंकले बैंकका सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सचेत गराउँदै सुधारात्मक कदम चाल्न कबुलियतनामा समेत गराएको जनाएको छ।
राष्ट्र बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा सार्वजनिक गरिएको सुपरीक्षण प्रतिवेदनअनुसार जोखिममा आधारित स्थलगत निरीक्षणका क्रममा बैंकले केन्द्रीय निर्देशनहरूको उल्लंघन गरेको पाइएको हो।
निरीक्षणमा सीमित ऋणीहरूलाई निर्धारित प्रिमियम दरमा ब्याक डेटबाट लागू हुने गरी छुट प्रदान गरिएको तथा सो छुट रकम बक्यौता ब्याज र साँवा भुक्तानीमा प्रयोग गरिएको देखिएको राष्ट्र बैंकले जनाएको छ। त्यस्तै, तोकिएको समयसीमा नाघेपछि असुल गर्नुपर्ने ब्याजको केवल १० प्रतिशत रकम मात्र लिएर कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना गरिएको पाइएको छ।
राष्ट्र बैंकका अनुसार पुनर्संरचना गरिएका कर्जामध्ये भाखा नाघेको किस्ताको साँवा मात्र वर्गीकरण गरी बाँकी रकमलाई असल कर्जाकै रूपमा राखिएको, साथै पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरिएको भेटिएको छ। केही कर्जालाई भाखा नाघेको अवधिअनुसार वर्गीकरण नगरिएको, लामो समयसम्म भुक्तानी अवधि अस्थायी रूपमा थपिएको तथा ९० दिनभन्दा बढी बक्यौता रहेका फोर्स लोनलाई समेत खराब कर्जामा वर्गीकरण नगरिएको निरीक्षणमा उल्लेख छ।
यी सबै कार्यलाई एकीकृत निर्देशन, २०८१ को उल्लंघन ठहर गर्दै नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार बैंकको सञ्चालक समिति र सीईओलाई सचेत गराइएको हो। साथै, सुधारात्मक कदम चाल्नुपर्ने भन्दै कबुलियतनामा समेत गराइएको राष्ट्र बैंकले जनाएको छ।
यसैबीच, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आशोक राणा रहेको उल्लेख छ। उनी २०८१ वैशाख ९ गतेदेखि लागू हुने गरी चार वर्षका लागि पुनः नियुक्त भएका थिए।
सीईओ राणासँग सम्बन्धित केही आरोपहरू पनि विगतमा सार्वजनिक भएका थिए। विशेषगरी उनका भाइ अमरशमशेर राणासँग जोडिएको जग्गा विवाद तथा उनलाई जोगाएको भन्ने दाबीसमेत पीडित पक्षबाट उठाइए पनि यी विषयमा आधिकारिक रूपमा प्रमाणित निष्कर्ष सार्वजनिक भइसकेको छैन।
राष्ट्र बैंकले भने हालको कारबाहीलाई पूर्ण रूपमा नियामकीय निर्देशन उल्लंघनसँग सम्बन्धित रहेको स्पष्ट पारेको छ।
समाज
थप सामाग्री-
एसपी अपील बोहराद्वारा प्रहरी जवान नरेन्द्र घटाल ‘बैशाख महिनाको उत्कृष्ट प्रहरी’ घोषित
-
ललितपुर प्रहरी परिसरमाथि छानबिन, हिरासतमा विशेष सुविधा दिएको आरोपपछि उच्चस्तरीय समिति गठन
-
हिरासतमा सुलभ अग्रवाललाई ‘विशेष सुविधा’ दिएको आशङ्का, उपत्यका प्रहरीले थाल्यो उच्चस्तरीय छानबिन
-
आज जेठ ०५ गते मंगलबार,यस्तो छ तपाईको राशिफल
-
कर्तव्यनिष्ठ प्रहरीलाई सम्मान, संगठनप्रति बढ्दो भरोसा
जेठ महिनाका ‘पुलिस अफ द मन्थ’ घोषित भए प्रहरी निरीक्षक गंगाराम बुढाथोकी
१४ घण्टा अगाडि
1.5kViews 133 Shares Share on Facebook Share on Twitter काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी निरीक्षक…



