

आईजीपीको निर्देशन: परम्परागत पुलिसिङ त्याग्दै प्रविधिमैत्री र नागरिकमैत्री सेवा प्रवाह गर्न आग्रह
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले परम्परागत पुलिसिङको शैली त्याग्दै नवीन सोच, प्रविधिमैत्री सेवा र नागरिकमैत्री व्यवहारमार्फत प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन्।
हालै सरुवा भई नयाँ कार्यक्षेत्रमा जान लागेका प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूलाई सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्बोधन गर्दै आईजीपी कार्कीले नागरिकको अपेक्षालाई केन्द्रमा राखेर उत्कृष्ट कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका हुन्।
उनले प्रहरी संगठनलाई थप व्यावसायिक, अनुशासित, निष्ठावान र इमानदार बनाउँदै प्रत्येक प्रहरी कर्मचारीले आफ्नो व्यवहार, बोलीचाली र कार्यशैली सुधार गर्नुपर्ने आवश्यकता औंल्याए। व्यक्तिगत स्वार्थभन्दा संगठनको हितलाई प्राथमिकतामा राख्दै पूर्वाग्रह र विभेदरहित ढंगले कानुनसम्मत रूपमा काम गर्न उनले निर्देशन दिए।
आईजीपी कार्कीले सम्भावित सुरक्षा चुनौतीहरूको पहिचान गरी योजनाबद्ध रूपमा प्रहरी परिचालन गर्नुपर्ने उल्लेख गर्दै महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सीमान्तकृत समुदायप्रति थप संवेदनशील बन्न आग्रह गरे। विपद् तथा आपतकालीन अवस्थामा सेवाग्राहीको समस्या तत्काल सम्बोधन गर्नुपर्नेमा पनि उनले विशेष जोड दिएका थिए।
प्रहरी सेवालाई प्रविधिमैत्री बनाउने दिशामा अघि बढ्नुपर्ने उल्लेख गर्दै उनले गुनासो तथा उजुरी व्यवस्थापनका लागि क्यूआर कोड प्रयोग, साथै एसएमएसमार्फत सेवाग्राहीलाई प्रगतिबारे जानकारी दिने प्रणाली विकास गर्न निर्देशन दिए।
त्यसैगरी हिरासत कक्षलाई व्यवस्थित बनाउने, प्रमाणमुखी तथा वस्तुनिष्ठ अनुसन्धानलाई प्राथमिकता दिने, सीमा अपराध र तस्करी नियन्त्रण गर्ने तथा फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाउन पनि उनले मातहतका अधिकृतहरूलाई निर्देशन दिएका छन्।
दुर्घटना न्यूनीकरण, अपराध रोकथाम र विपद् व्यवस्थापनमा प्रहरी सदैव तयारी अवस्थामा रहनुपर्ने उल्लेख गर्दै आईजीपी कार्कीले पूर्वअभ्याससहित तत्काल परिचालन हुन सक्ने क्षमताको विकास गर्नुपर्ने बताए।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारी, उमा प्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ, डम्बर बहादुर विक तथा सानुराम भट्टराईलगायत उच्च अधिकृतहरूले पनि सरुवा भएका एसपी–डीएसपीहरूलाई समसामयिक सुरक्षा चुनौती र भावी कार्यदिशाबारे मार्गदर्शन दिएका थिए।
समाज
थप सामाग्री-
एसपी अपील बोहराद्वारा प्रहरी जवान नरेन्द्र घटाल ‘बैशाख महिनाको उत्कृष्ट प्रहरी’ घोषित
-
ललितपुर प्रहरी परिसरमाथि छानबिन, हिरासतमा विशेष सुविधा दिएको आरोपपछि उच्चस्तरीय समिति गठन
-
हिरासतमा सुलभ अग्रवाललाई ‘विशेष सुविधा’ दिएको आशङ्का, उपत्यका प्रहरीले थाल्यो उच्चस्तरीय छानबिन
-
आज जेठ ०५ गते मंगलबार,यस्तो छ तपाईको राशिफल
-
कर्तव्यनिष्ठ प्रहरीलाई सम्मान, संगठनप्रति बढ्दो भरोसा
जेठ महिनाका ‘पुलिस अफ द मन्थ’ घोषित भए प्रहरी निरीक्षक गंगाराम बुढाथोकी
१४ घण्टा अगाडि
1.5kViews 133 Shares Share on Facebook Share on Twitter काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी निरीक्षक…



