एसपी अपील बोहराद्वारा प्रहरी जवान नरेन्द्र घटाल ‘बैशाख महिनाको उत्कृष्ट प्रहरी’ घोषित

काठमाडौं । नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं. १, नक्सालका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) अपील राज बोहराले प्रहरी जवान नरेन्द्र घटाललाई २०८३ साल बैशाख महिनाको ‘उत्कृष्ट प्रहरी (Best Police of the Month)’ घोषणा गर्दै सम्मान प्रदान गरेका छन्।

प्रहरी जवान घटालले कर्तव्यनिष्ठा, अनुशासन तथा कार्यसम्पादनमा देखाएको उत्कृष्ट प्रदर्शनका आधारमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।

कार्यक्रममा एसपी बोहराले प्रहरी संगठनभित्र उत्कृष्ट कार्य गर्ने जनशक्तिलाई प्रोत्साहन गर्न यस्ता सम्मान कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले भविष्यमा पनि अझ प्रभावकारी र जिम्मेवार ढंगले काम गर्न प्रहरी जवान घटाललाई शुभकामना व्यक्त गरे।

सम्मान प्राप्तपछि जवान घटालले संगठनले दिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै आगामी दिनमा अझ राम्रो कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

Facebook Comments Box
जेठ महिनाका ‘पुलिस अफ द मन्थ’ घोषित भए प्रहरी निरीक्षक गंगाराम बुढाथोकी
१४ घण्टा अगाडि

1.5kViews 133 Shares Share on Facebook Share on Twitter काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी निरीक्षक…

TOP
483 Shares