

आजको मौसम अपडेट: पश्चिमी र स्थानीय वायुको प्रभाव, विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ।
बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा अन्य केही हिमाली र पहाडी भूभागमा आंशिक बादल देखिएको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा भने हाल हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसोको पूर्वानुमान
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित अधिकांश हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। मधेस प्रदेशसहित बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बादल रहनेछ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानहरूमा, साथै अन्य हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानहरूमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो दिन हुने सम्भावना रहेको उल्लेख गरिएको छ।
रातिको पूर्वानुमान
आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ। मधेस प्रदेशसहित बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल रहनेछ भने तराईका बाँकी क्षेत्रहरूमा मौसम मुख्यतया सफा रहनेछ।
यसैगरी, कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
समाज
थप सामाग्री-
एसपी अपील बोहराद्वारा प्रहरी जवान नरेन्द्र घटाल ‘बैशाख महिनाको उत्कृष्ट प्रहरी’ घोषित
-
ललितपुर प्रहरी परिसरमाथि छानबिन, हिरासतमा विशेष सुविधा दिएको आरोपपछि उच्चस्तरीय समिति गठन
-
हिरासतमा सुलभ अग्रवाललाई ‘विशेष सुविधा’ दिएको आशङ्का, उपत्यका प्रहरीले थाल्यो उच्चस्तरीय छानबिन
-
आज जेठ ०५ गते मंगलबार,यस्तो छ तपाईको राशिफल
-
कर्तव्यनिष्ठ प्रहरीलाई सम्मान, संगठनप्रति बढ्दो भरोसा
जेठ महिनाका ‘पुलिस अफ द मन्थ’ घोषित भए प्रहरी निरीक्षक गंगाराम बुढाथोकी
१४ घण्टा अगाडि
1.5kViews 133 Shares Share on Facebook Share on Twitter काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी निरीक्षक…



