

प्रतिनिधिसभा बैठक आज : पर्यटन विधेयकदेखि निर्वाचनसम्बन्धी संशोधन विधेयकमाथि छलफल हुने
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा विभिन्न महत्वपूर्ण विधेयकमाथि छलफल र निर्णय हुने कार्यक्रम रहेको छ।
कार्यसूचीअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यसैगरी प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्नेछिन्।
बैठकमा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ तथा ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथि दफाबार छलफल गरी पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ।
आजको बैठकमा निर्वाचन, न्यायिक पूर्वाधार तथा पर्यटन क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विधेयकमाथि छलफल हुने भएकाले बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
समाज
थप सामाग्री-
पत्रकार किशोर श्रेष्ठमाथि निगरानी र धरपकड प्रयासको विरोध, पत्रकार महासंघ युरोप शाखाद्वारा प्रेस स्वतन्त्रताको पक्षमा खबरदारी
-
हिरासतमा थुनुवाको मृत्यु प्रकरण : एसपीसहित १० प्रहरीमाथि कारबाही सिफारिस
-
युरोपेली संघका राजदूतहरूसँग प्रधानमन्त्री शाहको संयुक्त भेटवार्ता
-
जनता उपचार नपाएर मर्दै,सरकार कर्मचारी र जनप्रतिनिधि पोस्दै
-
पत्रकार किशोर श्रेष्ठमाथि दबाब सिर्जना गरिएको भन्दै प्रेस चौतारीको आपत्ति
काठमाडौंमा ६ करोड बराबरको अवैध भेप बरामद, एक जना पक्राउ
१३ घण्टा अगाडि
1.7kViews 106 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरीले काठमाडौँको न्युरोड क्षेत्रबाट ठूलो परिमाणमा भेप (इलेक्ट्रोनिक चुरोट)…



