काठमाडौंमा ६ करोड बराबरको अवैध भेप बरामद, एक जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौँको न्युरोड क्षेत्रबाट ठूलो परिमाणमा भेप (इलेक्ट्रोनिक चुरोट) बरामद गरेको छ । सोमबार साँझ न्युरोडस्थित एक गोदाममा छापा मारेर भेप बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिएका छन् ।

आरबी कम्प्लेक्समा सञ्चालित ‘स्माइल योर च्वाइस’ नामक पसल र त्यहाँ रहेका दुई वटा गोदामबाट प्रहरीले २८ हजार ५ सय थान भेप बरामद गरेको हो । बरामद सामग्रीलाई टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा लगिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अवैध रूपमा भेपको कारोबार तथा निर्यातमा संलग्न रहेको आरोपमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ घर भएका ३२ वर्षीय नवीन खड्का पक्राउ परेका छन् ।

बरामद गरिएको भेपको बजार मूल्य करिब ६ करोड रुपैयाँ रहेको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ । अनुसन्धान जारी रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Facebook Comments Box
आज जेठ १२ गते मंगलबार,यस्तो छ तपाईको राशिफल
३ घण्टा अगाडि

1.7kViews 170 Shares Share on Facebook Share on Twitter मेष- आज आर्थिक क्षेत्रमा सकारात्मक संकेत देखिएका छन् । आम्दानीका नयाँ स्रोतहरू…

TOP
106 Shares