प्रेस सेन्टर नेपालद्वारा वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि भइरहेका धम्की र दुष्प्रचारको भर्त्सना

काठमाडौं । प्रेस सेन्टर नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ विरुद्ध भइरहेका षड्यन्त्र, दुष्प्रचार र धम्कीप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै ती गतिविधिको घोर भर्त्सना गरेको छ।

प्रेस सेन्टर नेपालले एक विज्ञप्ति जारी गर्दै पत्रकार श्रेष्ठमाथि लक्षित गरी भइरहेको नियोजित आक्रमण, मानसिक दबाब तथा चरित्र हत्या प्रयास प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको बताएको छ।

संस्थाले यस्ता गतिविधि तुरुन्त रोक्न सम्बन्धित निकायलाई आग्रह गर्दै दोषीमाथि कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ।

प्रेस सेन्टर नेपालले पत्रकारिता पेशामा संलग्न व्यक्तिमाथि हुने कुनै पनि प्रकारका धम्की र दुष्प्रचार सह्य नहुने स्पष्ट पारेको छ। साथै, सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूति गर्न राज्य जिम्मेवार हुनुपर्नेमा जोड दिएको छ।

यसअघि पनि पत्रकार महासंघ लगायत विभिन्न सञ्चारसम्बद्ध संस्थाहरूले पत्रकार श्रेष्ठमाथि भइरहेको दुष्प्रचारप्रति चिन्ता व्यक्त गर्दै प्रेस स्वतन्त्रताको संरक्षणका लागि एकताबद्ध हुन आह्वान गरेका थिए।

Facebook Comments Box
आज जेठ १२ गते मंगलबार,यस्तो छ तपाईको राशिफल
२ घण्टा अगाडि

1.6kViews 170 Shares Share on Facebook Share on Twitter मेष- आज आर्थिक क्षेत्रमा सकारात्मक संकेत देखिएका छन् । आम्दानीका नयाँ स्रोतहरू…

TOP
387 Shares