

चितवनमा एसपी रामेश्वर पौडेल र पत्रकारबीच अन्तरक्रिया
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) रामेश्वर पौडेल र जिल्लामा कार्यरत पत्रकारहरूबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा एसपी पौडेलले पत्रकार र प्रहरीबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै शान्ति–सुरक्षा कायम गर्न सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहने बताए । उनले अपराध नियन्त्रण, सूचना आदान–प्रदान र जनविश्वास अभिवृद्धिमा प्रेससँगको समन्वयलाई प्राथमिकतामा राखिने उल्लेख गरे ।

त्यसैगरी कार्यक्रममा सहभागी पत्रकारहरूले प्रहरी प्रशासनसँग समयमै सूचना उपलब्ध गराउने व्यवस्था, पारदर्शिता तथा निष्पक्ष सूचनाप्रवाहलाई अझ प्रभावकारी बनाउन सुझाव दिएका थिए ।
अन्तरक्रिया कार्यक्रमले प्रहरी–पत्रकार सम्बन्धलाई थप सुदृढ बनाउँदै आगामी दिनमा सहकार्यलाई व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।
समाज
थप सामाग्री-
पत्रकार किशोर श्रेष्ठमाथि निगरानी र धरपकड प्रयासको विरोध, पत्रकार महासंघ युरोप शाखाद्वारा प्रेस स्वतन्त्रताको पक्षमा खबरदारी
-
हिरासतमा थुनुवाको मृत्यु प्रकरण : एसपीसहित १० प्रहरीमाथि कारबाही सिफारिस
-
युरोपेली संघका राजदूतहरूसँग प्रधानमन्त्री शाहको संयुक्त भेटवार्ता
-
जनता उपचार नपाएर मर्दै,सरकार कर्मचारी र जनप्रतिनिधि पोस्दै
-
पत्रकार किशोर श्रेष्ठमाथि दबाब सिर्जना गरिएको भन्दै प्रेस चौतारीको आपत्ति
काठमाडौंमा ६ करोड बराबरको अवैध भेप बरामद, एक जना पक्राउ
१३ घण्टा अगाडि
1.7kViews 106 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरीले काठमाडौँको न्युरोड क्षेत्रबाट ठूलो परिमाणमा भेप (इलेक्ट्रोनिक चुरोट)…



