

यस्ता छन सम्भावित एसएसपी सरुवाको सूची , विभिन्न युनिटमा नयाँ जिम्मेवारीको चर्चा
काठमाडौं । नेपाल प्रहरीभित्र उच्च तहका अधिकृतहरूको सरुवाबारे छलफल तीव्र बनेको छ। सम्भावित सरुवा सूचीअनुसार विभिन्न प्रदेश, तालिम केन्द्र तथा विशेष ब्युरोहरूमा कार्यरत एसएसपीहरूलाई नयाँ जिम्मेवारीमा पठाउने तयारी भएको चर्चा छ।
सम्भावित सूचीअनुसार उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुखदेखि विभिन्न प्रदेश प्रहरी तालिम केन्द्र तथा अनुसन्धान ब्युरोसम्मका एसएसपीहरू सरुवाको दायरामा परेका छन्।
सम्भावित सरुवा सूची:
१. उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौंका प्रमुख एसएसपी नवराज अधिकारी
२. जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी रमेश थापा
३. जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटी
४. लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलका एसएसपी सन्तोषसिंह राठौर
५. कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरका एसएसपी गोविन्द अधिकारी
६. बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली (सिन्धुली) का एसएसपी प्रभुप्रसाद ढकाल
७. युक्ति तालिम महाविद्यालय, जर्गाहा (पश्चिम नवलपरासी) का एसएसपी अनुपमसमशेर जबरा
८. लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी कृष्णप्रसाद कोइराला
९. सुदूरपश्चिम तालिम केन्द्रका प्रमुख एसएसपी राजेन्द्रप्रसाद धमला
१०. मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी कृष्णप्रसाद पंगेनी पनि सरुवाको चर्चामा छन्।
प्रहरी प्रधान कार्यालयले भने औपचारिक निर्णय सार्वजनिक नगरेको भए पनि संगठनभित्र नियमित रूपमा हुने सरुवा प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ। सरुवापछि विभिन्न युनिटको नेतृत्वमा फेरबदल हुने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
काठमाडौंमा ६ करोड बराबरको अवैध भेप बरामद, एक जना पक्राउ
-
प्रेस सेन्टर नेपालद्वारा वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि भइरहेका धम्की र दुष्प्रचारको भर्त्सना
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि निगरानी र धम्कीप्रति महासंघको ध्यानाकर्षण
-
यस्ता छन सम्भावित एसएसपी सरुवाको सूची , विभिन्न युनिटमा नयाँ जिम्मेवारीको चर्चा
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि दुष्प्रचार र धम्की प्रेस स्वतन्त्रतामाथिको आक्रमण : पत्रकार महासंघ काठमाडौं
आज जेठ १२ गते मंगलबार,यस्तो छ तपाईको राशिफल
३ घण्टा अगाडि
1.6kViews 170 Shares Share on Facebook Share on Twitter मेष- आज आर्थिक क्षेत्रमा सकारात्मक संकेत देखिएका छन् । आम्दानीका नयाँ स्रोतहरू…



