वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि निगरानी र धम्कीप्रति महासंघको ध्यानाकर्षण

काठमाडौं — वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि प्रहरीद्वारा निगरानी गर्दै धरपकडको प्रयास भएको तथा विभिन्न व्यक्तिबाट धम्कीसमेत दिइएको घटनाप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले गम्भीर ध्यानाकर्षण जनाएको छ।

महासंघका अनुसार केही दिनअघि जनआस्था साप्ताहिक र जनआस्था डटकममा मन्त्री तथा सत्तारूढ दलका नेताहरूबारे आलोचनात्मक समाचार प्रकाशित भएपछि जनआस्था साप्ताहिकका प्रधान सम्पादकसमेत रहेका श्रेष्ठमाथि यस्तो व्यवहार भएको हो।

महासंघलाई उपलब्ध जानकारीअनुसार प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्रीको निर्देशनमा आफूलाई धरपकड गर्ने, धम्क्याउने तथा समाचार स्रोत खुलाउन दबाब दिने गतिविधि बढिरहेको जानकारी गराएका छन्।

समाचार प्रकाशनकै आधारमा पत्रकारमाथि गरिएको यस्तो व्यवहार स्वतन्त्र प्रेस र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको प्रहार भएको महासंघको ठहर छ। महासंघले यस्ता कार्यको कडा निन्दा गरेको छ।

महासंघले प्रेस विरोधी गतिविधि सच्याउन तथा समाचारप्रति असहमति भएमा कानुनी प्रक्रिया अन्तर्गत प्रेस काउन्सिल नेपालमार्फत समाधान खोज्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ। साथै पत्रकार श्रेष्ठलाई धम्क्याउने व्यक्तिको पहिचान गरी तत्काल कानुनी कारबाही गर्न पनि जोडदार माग गरेको छ।

महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा उक्त मागहरू उल्लेख गरिएको छ।

Facebook Comments Box
आज जेठ १२ गते मंगलबार,यस्तो छ तपाईको राशिफल
३ घण्टा अगाडि

1.7kViews 170 Shares Share on Facebook Share on Twitter मेष- आज आर्थिक क्षेत्रमा सकारात्मक संकेत देखिएका छन् । आम्दानीका नयाँ स्रोतहरू…

TOP
397 Shares