

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव, देशभर वर्षा र चट्याङ्गको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक विकसित न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त मौसमी प्रणालीका कारण देशका विभिन्न भागमा बदली, वर्षा र चट्याङ्गको सम्भावना बढेको छ ।
महाशाखाका अनुसार अहिले गण्डकी प्रदेशसहित हिमाली र पहाडी भूभागमा सामान्यतया बदली रहेको छ भने तराई क्षेत्रमा आंशिकदेखि मुख्यतया सफा मौसम देखिएको छ । गण्डकीका धेरै स्थान तथा कोशी र बागमती प्रदेशका केही स्थानहरूमा अहिले पनि चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ ।
दिउँसोको पूर्वानुमान
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भने आंशिक बदलीको अवस्था रहनेछ ।
यस अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानहरूमा तथा मधेस प्रदेशसहित विभिन्न प्रदेशका तराई तथा पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै लुम्बिनी प्रदेशको तराई क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षासहित चट्याङ्ग पर्न सक्ने सम्भावना छ ।
त्यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तातो दिन रहने सम्भावना रहेको उल्लेख गरिएको छ । मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि छ ।
रातिको पूर्वानुमान
आज राति कोशी र मधेस प्रदेशका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
त्यस्तै, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित चट्याङ्ग पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले चट्याङ्ग, हावाहुरी र वर्षाका कारण सम्भावित जोखिमबाट सतर्क रहन सबैलाई आग्रह गरेको छ ।
समाज
थप सामाग्री-
पत्रकार किशोर श्रेष्ठमाथि निगरानी र धरपकड प्रयासको विरोध, पत्रकार महासंघ युरोप शाखाद्वारा प्रेस स्वतन्त्रताको पक्षमा खबरदारी
-
हिरासतमा थुनुवाको मृत्यु प्रकरण : एसपीसहित १० प्रहरीमाथि कारबाही सिफारिस
-
युरोपेली संघका राजदूतहरूसँग प्रधानमन्त्री शाहको संयुक्त भेटवार्ता
-
जनता उपचार नपाएर मर्दै,सरकार कर्मचारी र जनप्रतिनिधि पोस्दै
-
पत्रकार किशोर श्रेष्ठमाथि दबाब सिर्जना गरिएको भन्दै प्रेस चौतारीको आपत्ति
काठमाडौंमा ६ करोड बराबरको अवैध भेप बरामद, एक जना पक्राउ
१३ घण्टा अगाडि
1.7kViews 106 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरीले काठमाडौँको न्युरोड क्षेत्रबाट ठूलो परिमाणमा भेप (इलेक्ट्रोनिक चुरोट)…



