युरोपेली संघका राजदूतहरूसँग प्रधानमन्त्री शाहको संयुक्त भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज (मंगलबार) काठमाडौँ तथा नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) मा आबद्ध विभिन्न देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्नुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा नेपाल–युरोपेली संघ सम्बन्ध, द्विपक्षीय सहकार्य, विकास साझेदारी, लगानी, व्यापार तथा आपसी हितका विविध विषयमा छलफल भएको बताइएको छ।

भेटका क्रममा प्रधानमन्त्री शाहले नेपाल र युरोपेली संघका सदस्य राष्ट्रहरूबीच रहेको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको थियो। साथै उहाँले विकास, सुशासन, जलवायु परिवर्तन, शिक्षा तथा पूर्वाधार विकासलगायत क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिनुभएको बताइएको छ।

राजदूत तथा मिसन प्रमुखहरूले नेपालसँगको सहकार्यलाई निरन्तरता दिँदै विभिन्न क्षेत्रमा सहयोग बढाउन इच्छुक रहेको धारणा व्यक्त गरेका थिए।

भेटवार्तामा नेपाल सरकारका उच्च अधिकारी तथा युरोपेली संघका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

Facebook Comments Box
काठमाडौंमा ६ करोड बराबरको अवैध भेप बरामद, एक जना पक्राउ
११ घण्टा अगाडि

1.5kViews 106 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरीले काठमाडौँको न्युरोड क्षेत्रबाट ठूलो परिमाणमा भेप (इलेक्ट्रोनिक चुरोट)…

TOP
320 Shares