

हिरासतमा थुनुवाको मृत्यु प्रकरण : एसपीसहित १० प्रहरीमाथि कारबाही सिफारिस
काठमाडौं । सिन्धुलीको खुर्कोट प्रहरी हिरासतमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षक (एसपी) सहित १० जना प्रहरी कर्मचारीमाथि कारबाही सिफारिस गरिएको छ।
बलात्कार मुद्दामा पक्राउ परेका सिन्धुलीको सुनकोशी गाउँपालिका–३ जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विकको हिरासतमा मृत्यु भएपछि गठन गरिएको छानबिन समितिले उक्त सिफारिस गरेको हो।
प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिनेश कुमार आचार्यको नेतृत्वमा गठित छानबिन समितिले एसपी लालध्वज सुवेदीदेखि प्रहरी जवानसम्म १० जनामाथि विभागीय कारबाही गर्न सिफारिस गरेको प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अभिनारायण काफ्लेले जानकारी दिए।
समितिको प्रतिवेदनअनुसार एक जनालाई सचेत गराउने, दुई जनालाई ध्यानाकर्षण गराउने, पाँच जनालाई सख्त चेतावनीसहित जिम्मेवारीबाट अलग गर्ने, एक जनालाई नसिहत दिने तथा एक जनाको ग्रेड घटुवा गर्ने सिफारिस गरिएको छ।
छानबिन समितिले हिरासतमा रहेका व्यक्तिको जीवन सुरक्षालाई उच्च प्राथमिकतामा राख्न, हिरासत व्यवस्थापन कार्य निर्देशन–२०८१ को पूर्ण कार्यान्वयन सुनिश्चित गर्न तथा ड्युटीका समयमा अन्य काममा संलग्न नहुने गरी नियमित निगरानी व्यवस्था कडाइका साथ लागू गर्न सुझाव समेत दिएको छ।
गत घटनापछि हिरासत व्यवस्थापन, निगरानी प्रणाली र थुनुवाको सुरक्षाका विषयमा प्रश्न उठिरहेका बेला समितिको प्रतिवेदनले जिम्मेवार प्रहरी कर्मचारीमाथि कारबाहीसँगै सुधारका उपायहरू पनि अघि सारेको छ।
समाज
थप सामाग्री-
पत्रकार किशोर श्रेष्ठमाथि निगरानी र धरपकड प्रयासको विरोध, पत्रकार महासंघ युरोप शाखाद्वारा प्रेस स्वतन्त्रताको पक्षमा खबरदारी
-
हिरासतमा थुनुवाको मृत्यु प्रकरण : एसपीसहित १० प्रहरीमाथि कारबाही सिफारिस
-
युरोपेली संघका राजदूतहरूसँग प्रधानमन्त्री शाहको संयुक्त भेटवार्ता
-
जनता उपचार नपाएर मर्दै,सरकार कर्मचारी र जनप्रतिनिधि पोस्दै
-
पत्रकार किशोर श्रेष्ठमाथि दबाब सिर्जना गरिएको भन्दै प्रेस चौतारीको आपत्ति
काठमाडौंमा ६ करोड बराबरको अवैध भेप बरामद, एक जना पक्राउ
१२ घण्टा अगाडि
1.6kViews 106 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरीले काठमाडौँको न्युरोड क्षेत्रबाट ठूलो परिमाणमा भेप (इलेक्ट्रोनिक चुरोट)…



