नक्कली ‘सीआईडी प्रहरी’ बनेर रकम असुल्न खोज्ने व्यक्ति काभ्रेबाट पक्राउ

काभ्रेपलाञ्चोक । आफूलाई सादा पोशाकको ‘सीआईडी प्रहरी’ भन्दै सर्वसाधारणसँग रकम असुल्न खोज्ने एक व्यक्तिलाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ निवासी ४५ वर्षीय रोज बहादुर तामाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीका अनुसार तामाङले बनेपा नगरपालिका अन्तर्गत ईट्टाभट्टी क्षेत्रमा रहेको एक खाजा घरमा आफू सीआईडी प्रहरी भएको परिचय दिँदै रकम मागिरहेका थिए।

प्रहरीका अनुसार उनले विभिन्न मुद्दामा कारबाहीका लागि नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई छुटाइदिन सहजीकरण गरिदिने आश्वासन दिँदै सेवाग्राहीहरूसँग नगद रकम माग्ने गरेका थिए।

सूचनाका आधारमा खटिएको प्रहरी टोलीले तामाङलाई रकम मागिरहेको अवस्थामै नियन्त्रणमा लिएको थियो। पक्राउ परेका तामाङलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धुलिखेल ल्याइएको एसपी कार्कीले जानकारी दिए।

प्रहरीले सर्वसाधारणलाई आफू प्रहरी वा अन्य सरकारी निकायको कर्मचारी भएको झुटो परिचय दिने व्यक्तिहरूबाट सतर्क रहन आग्रह गर्दै यस्ता गतिविधिबारे तत्काल प्रहरीलाई जानकारी गराउन अनुरोध गरेको छ।

Facebook Comments Box
काठमाडौंमा ६ करोड बराबरको अवैध भेप बरामद, एक जना पक्राउ
१२ घण्टा अगाडि

1.6kViews 106 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरीले काठमाडौँको न्युरोड क्षेत्रबाट ठूलो परिमाणमा भेप (इलेक्ट्रोनिक चुरोट)…

TOP
449 Shares