वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी, लिखितसम्बन्धी कसुर मुद्दामा अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत पर्साले लिखितसम्बन्धी कसुर मुद्दामा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

अदालतले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत किर्ते कागज तथा सरकारी वा सार्वजनिक लिखतसम्बन्धी कसुरको अभियोगमा ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो।

यसअघि गत जेठ १ गते सरकारी वकिल कार्यालय पर्साले मेयर सिंह, महानगरका पञ्जीकरण अधिकारी भिखारी रायसहित चार जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। अभियोगपत्रमा मुलुकी अपराध संहिताको दफा २७६ को उपदफा (१), (२) र (३)(ग) अनुसार सरकारी वा सार्वजनिक लिखतसम्बन्धी कसुर गरेको आरोप लगाइएको छ।

उक्त व्यवस्थाअनुसार दोषी ठहर भए सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान रहेको छ।

पर्सा प्रहरीका प्रवक्ता डीएसपी हरि बहादुर बस्नेतले अदालतबाट मेयर राजेशमान सिंहसहित चार जनाविरुद्ध पक्राउ पुर्जी प्राप्त भएको पुष्टि गरेका छन्। उनले अदालतको आदेशअनुसार आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताए।

वीरगञ्ज महानगरपालिकाका प्रमुखमाथि पक्राउ पुर्जी जारी भएपछि घटनाले राजनीतिक तथा प्रशासनिक वृत्तमा व्यापक चासो पैदा गरेको छ। अब अदालतको आदेश कार्यान्वयन र अनुसन्धान प्रक्रियाको आगामी चरणतर्फ सबैको ध्यान केन्द्रित भएको छ।

Facebook Comments Box
काठमाडौंमा ६ करोड बराबरको अवैध भेप बरामद, एक जना पक्राउ
१२ घण्टा अगाडि

1.6kViews 106 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरीले काठमाडौँको न्युरोड क्षेत्रबाट ठूलो परिमाणमा भेप (इलेक्ट्रोनिक चुरोट)…

TOP
142 Shares