

४ हजार ८ सयभन्दा बढी प्रहरीलाई २ अर्ब ३८ करोड सहुलियत कर्जा, मनोबल अभिवृद्धिमा प्रहरी कल्याण कोषको विस्तार
काठमाडौं । नेपाल प्रहरीले पछिल्लो छ महिनामा आफ्ना कर्मचारीहरूलाई प्रहरी कल्याण कोषमार्फत २ अर्ब ३८ करोड ७३ लाख २३ हजार रुपैयाँ सहुलियत कर्जा प्रदान गरेको छ। कर्मचारीको मनोबल अभिवृद्धि तथा आकस्मिक आर्थिक समस्याको समाधानलाई लक्षित गर्दै विभिन्न प्रकारका कर्जा तथा सुविधा विस्तार गरिएको प्रहरीले जनाएको छ।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार वरिष्ठ नायब निरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्मका कर्मचारीलाई ५ प्रतिशत ब्याजदरमा अधिकतम २ लाख रुपैयाँसम्म आकस्मिक सहुलियत कर्जा उपलब्ध गराइएको हो। हालसम्म कुल ४ हजार ८ सय ४७ जना प्रहरी कर्मचारी उक्त कर्जाबाट लाभान्वित भएका छन्।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पदभार ग्रहणपछि प्रहरी कर्मचारीको आर्थिक सुरक्षा र मनोबल अभिवृद्धिका लागि आकस्मिक कर्जा सेवा विस्तार गर्ने निर्णय गरेका थिए। सोही निर्णय कार्यान्वयनसँगै कल्याण कोषमार्फत सेवा प्रवाह थप प्रभावकारी बनेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार कल्याण कोषमार्फत सहुलियत कर्जा, घर खरिद तथा निर्माण कर्जा, शैक्षिक कर्जा, सवारीसाधन खरिद कर्जा, निर्ब्याजी उपचार सापटी तथा आकस्मिक सहुलियत कर्जा जस्ता सुविधाहरू उपलब्ध गराइँदै आएको छ।
प्रहरी कल्याण कोष सञ्चालन कार्यविधि, २०८० लाई समयानुकूल संशोधन गर्दै सेवाहरूलाई अझ सरल, सहज र छरितो बनाइएको तथा सेवा विस्तार गरिएको डीआईजी काफ्लेले जानकारी दिए।
समाज
थप सामाग्री-
पत्रकार किशोर श्रेष्ठमाथि निगरानी र धरपकड प्रयासको विरोध, पत्रकार महासंघ युरोप शाखाद्वारा प्रेस स्वतन्त्रताको पक्षमा खबरदारी
-
हिरासतमा थुनुवाको मृत्यु प्रकरण : एसपीसहित १० प्रहरीमाथि कारबाही सिफारिस
-
युरोपेली संघका राजदूतहरूसँग प्रधानमन्त्री शाहको संयुक्त भेटवार्ता
-
जनता उपचार नपाएर मर्दै,सरकार कर्मचारी र जनप्रतिनिधि पोस्दै
-
पत्रकार किशोर श्रेष्ठमाथि दबाब सिर्जना गरिएको भन्दै प्रेस चौतारीको आपत्ति
काठमाडौंमा ६ करोड बराबरको अवैध भेप बरामद, एक जना पक्राउ
११ घण्टा अगाडि
1.6kViews 106 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरीले काठमाडौँको न्युरोड क्षेत्रबाट ठूलो परिमाणमा भेप (इलेक्ट्रोनिक चुरोट)…



