

किशोर श्रेष्ठमाथिको व्यवहारप्रति पत्रकारिता क्षेत्रको आलोचना, प्रेस स्वतन्त्रतामाथि प्रश्न
काठमाडौं । लुकाइएका, दबाइएका समाचार मात्र होइन, दमित तथा पीडितहरूको आवाजलाई मुखरित गर्न वरिष्ठ पत्रकार किशोर श्रेष्ठले विगतदेखि निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै पत्रकारिता क्षेत्रका विभिन्न व्यक्तिहरूले उनलाई तर्साउने उद्देश्यले गरिएको व्यवहारप्रति आपत्ति जनाएका छन्।
उनीहरूले श्रेष्ठको नेतृत्वले खोज पत्रकारितालाई एउटा मानकमा पुर्याएको भन्दै आलोचना र सत्ताबीचको सम्बन्ध लोकतान्त्रिक अभ्यासको सुन्दर पक्ष हुनुपर्ने भए पनि व्यवहारमा त्यसको उल्टो अवस्था देखिएको टिप्पणी गरेका छन्।
पत्रकार तथा सञ्चार क्षेत्रका सरोकारवालाहरूका अनुसार श्रेष्ठमाथि गरिएको व्यवहार निन्दनीय भएको र यसले प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रश्न उठाएको छ।
उनीहरूले यस्ता घटनाले स्वतन्त्र पत्रकारिता र खोजमूलक रिपोर्टिङलाई निरुत्साहित गर्ने खतरा रहेको चेतावनीसमेत दिएका छन्।
यस विषयमा सम्बन्धित निकायको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन।
समाज
थप सामाग्री-
पर्यटन क्षेत्रको सुरक्षा र नागरिक गुनासो सुन्न एआईजी कार्की ठमेलमा, ‘समुदायले चाहेको परिवर्तनका लागि प्रहरी तयार’
-
मानव अधिकार आयोगको सिफारिसमाथि प्रश्न : प्रमाणभन्दा प्रचार बढी ?
-
” किलो वान”को दौडमा एसएसपी श्रेष्ठ ,लबिङ तीव्र, तर कमाण्ड क्षमतामाथि उठे गम्भीर प्रश्न
-
प्रहरी सरुवामा राजनीतिक रस्साकस्सी : काठमाडौं–ललितपुरको कमाण्डका लागि तीव्र दौड, डीआईजी–एसएसपी प्रस्ताव प्रधानमन्त्री कार्यालयमै रोकियो
-
पन्चायन स्तोत्र भजन भक्ती चिरायु माग्ने मागौँ पुस्तक बिमोचन
भगवती शाही स्मृती स्तम्भ उद्घाटन
१७ घण्टा अगाडि
2.1kViews 497 Shares Share on Facebook Share on Twitter अछाम/बागेश्वरी धार्मिक तथा पर्यटकीय क्षेत्र बिकास समिती नागपर्वत नाडा अछाममा भगवती…



