आरसीबी फाइनल प्रवेश, गुजरातलाई ९२ रनले पराजित

काठमाडौँ । साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले गुजरात टाइटन्सलाई ९२ रनले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ।

मंगलबार राति भएको पहिलो क्वालिफायर खेलमा आरसीबीले गुजरातलाई विशाल लक्ष्य दिएको थियो। आरसीबीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ५४ रन बनाएको थियो। कप्तान राजत पाटीदारले उत्कृष्ट ब्याटिङ गर्दै ३३ बलमा ९३ रनको अविजित पारी खेले।

जवाफमा २ सय ५५ रनको कठिन लक्ष्य पछ्याएको गुजरात टाइटन्स १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६२ रनमै समेटियो। यससँगै आरसीबीले ९२ रनको शानदार जित निकाल्दै लगातार दोस्रो पटक फाइनलमा स्थान सुरक्षित गर्‍यो।

यो हारसँगै गुजरात टाइटन्सलाई फाइनल पुग्ने अर्को अवसर बाँकी रहेको छ। अब उसले दोस्रो क्वालिफायरमा एलिमिनेटर खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

एलिमिनेटर खेलमा आज राजस्थान रोयल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ, जसको विजेताले गुजरातसँग फाइनल प्रवेशका लागि खेल्नेछ।

Facebook Comments Box
भगवती शाही स्मृती स्तम्भ उद्घाटन
१७ घण्टा अगाडि

2.1kViews 497 Shares Share on Facebook Share on Twitter अछाम/बागेश्वरी धार्मिक तथा पर्यटकीय क्षेत्र बिकास समिती नागपर्वत नाडा अछाममा भगवती…

TOP
190 Shares