

भगवती शाही स्मृती स्तम्भ उद्घाटन
अछाम/बागेश्वरी धार्मिक तथा पर्यटकीय क्षेत्र बिकास समिती नागपर्वत नाडा अछाममा भगवती शाही स्मृती स्तम्भ उद्घाटन भएको छ । नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटाले सो स्तम्भको उद्घाटन गरेका हुन् । तुर्माखाँद ४ नागपर्वतमा रहेको अति प्राचीन बागेश्वरी मन्दिर स्थापना गर्ने स्वर्गीय भगवती शाहीको सम्मान र सम्झनामा सो स्तम्भ निर्माण गरिएको हो । समितिका अध्यक्ष लोकेन्द्र बहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी बास्कोटाले धार्मिक, पर्यटकिय क्षेत्रको रुपमा रहेको बागेश्वरी क्षेत्रको प्रचार प्रसार गर्नु पर्ने बताए । समितिका सल्लाहकार नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य जनक बहादुर शाहीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बास नेपालका पूर्ब अध्यक्ष मन भण्डारी, समितिका पदाधिकारी, सदस्यहरुको उपस्थिती रहेको थियो । नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटाको अनुदानमा २०७६ साल माघ १४ गते उक्त स्तम्भ निर्माण भएको थियो । कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटालाई भव्य स्वागत सहित सम्मान प्रदान गरिएको थियो ।
समाज
थप सामाग्री-
पर्यटन क्षेत्रको सुरक्षा र नागरिक गुनासो सुन्न एआईजी कार्की ठमेलमा, ‘समुदायले चाहेको परिवर्तनका लागि प्रहरी तयार’
-
मानव अधिकार आयोगको सिफारिसमाथि प्रश्न : प्रमाणभन्दा प्रचार बढी ?
-
” किलो वान”को दौडमा एसएसपी श्रेष्ठ ,लबिङ तीव्र, तर कमाण्ड क्षमतामाथि उठे गम्भीर प्रश्न
-
प्रहरी सरुवामा राजनीतिक रस्साकस्सी : काठमाडौं–ललितपुरको कमाण्डका लागि तीव्र दौड, डीआईजी–एसएसपी प्रस्ताव प्रधानमन्त्री कार्यालयमै रोकियो
-
पन्चायन स्तोत्र भजन भक्ती चिरायु माग्ने मागौँ पुस्तक बिमोचन
भगवती शाही स्मृती स्तम्भ उद्घाटन
१७ घण्टा अगाडि
2.1kViews 497 Shares Share on Facebook Share on Twitter अछाम/बागेश्वरी धार्मिक तथा पर्यटकीय क्षेत्र बिकास समिती नागपर्वत नाडा अछाममा भगवती…



