सुनको मूल्यमा गिरावट, चाँदी भने महँगियो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेर २ लाख ९० हजार ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यता चाँदीको मूल्य भने उकालो लागेको छ। आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर ५ हजार ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत देखिएको व्यवसायीहरू बताउँछन्। पछिल्ला दिनहरूमा सुनको मूल्य उच्च विन्दु आसपास रहँदै आएको छ भने चाँदीमा पनि क्रमिक वृद्धि देखिएको छ।

Facebook Comments Box
भगवती शाही स्मृती स्तम्भ उद्घाटन
१७ घण्टा अगाडि

2.1kViews 497 Shares Share on Facebook Share on Twitter अछाम/बागेश्वरी धार्मिक तथा पर्यटकीय क्षेत्र बिकास समिती नागपर्वत नाडा अछाममा भगवती…

TOP
436 Shares