रास्वपाको आडमा मनलाग्दी ,सुशासनको नारा लाउने बालेन सरकार " टाँइटाँई फिस "

” किलो वान”को दौडमा एसएसपी श्रेष्ठ ,लबिङ तीव्र, तर कमाण्ड क्षमतामाथि उठे गम्भीर प्रश्न

काठमाडौं । प्रभु बैंकको डलर अपचलन प्रकरणमा मुछिएका चिफ बिजनेस अफिसर (सीबीओ) रमेश कुमार श्रेष्ठले आफ्नै भाई रहेका सीआईबीमा कार्यरत प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुख बनाउन दबाब दिएको पाइएको छ ।सोर्तका अनुसार एसएसपी श्रेष्ठले रास्वपा सभापति लामिछाने र सिआइबी प्रमुख डा. मनोज केसीलाई “किलो वान ” बन्न हार गुहार गरिरहेका बुझिएको छ।प्रभु बैंकभित्र अनियमितता, कर्जा घोटाला र डलर अपचलनमा नाम जोडिएका रमेश श्रेष्ठलाई सीआईबीमै रहेका आफ्नै भाई शिव श्रेष्ठको संरक्षण रहेको स्रोतको दाबी छ । यही पहुँचका कारण उनी बैंकभित्र हालीमुहाली गर्दै आएको आरोप लाग्दै आएको छ ।यतिमात्र नभइ श्रेष्ठले आफ्नै सहोदर दाइ रमेशका विभिन्न काला कर्तुत लुकाएको हुन सक्ने आरोप छ ।यश विषयमा गृहमन्त्राालय समेत सम्हालेका प्रधानमन्त्री बालेन शाहले थप अनुसन्धान गर्ने बालेन निकट सोर्तले बताएको छ।एसएसपी शिव श्रेष्ठ नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान व्युरोमा कार्यरत रहिरहँदाको बखत देखिएका रवैया खुल्दै जाने सोर्तको दाबी छ।

२०७७ सालमै तत्कालीन सेञ्चुरी बैंकमा हुँदा रमेश श्रेष्ठ र तत्कालीन डेपुटी सीइओ जीवन भट्टराईमाथि ५ लाख ८२ हजार डलर अपचलनमा नेपाल राष्ट्र बैंकले कारबाही गर्न निर्देशन दिएको थियो । राष्ट्र बैंकले उनीहरूकै हेलचेक्र्याइँ र बदनियतका कारण बैंकलाई प्रत्यक्ष नोक्सानी पुगेको ठहर गर्दै रकम असुल गर्न निर्देशन दिएको थियो ।त्यस बखत पनि राजनीतिक आडमा उम्किएका रमेश कुमार श्रेष्ठले प्रभु बैंकमा रहँदा गरेका हत्कण्डा बारे विभिन्न समाचार माध्यमले समाचार प्रकाशित गरिसके छ।

तर, अहिलेसम्म न रकम उठेको छ, न त प्रभावकारी अनुसन्धान नै अघि बढाइएको छ ।

स्रोतका अनुसार प्रभु बैंक घोटाला अनुसन्धानमा सीआईबीले अशोक शेरचनलगायत केही अधिकारीमाथि कारबाही अघि बढाए पनि रमेश श्रेष्ठ भने जोगिँदै आएका छन् । यसमा एसएसपी शिव श्रेष्ठको भूमिका रहेको आरोप बैंकभित्रै उठ्न थालेको ।

बैंकका एक उच्च अधिकारीका अनुसार रमेश श्रेष्ठले आफू निकटका कर्मचारीसँग ‘सीआईबी हाम्रै फेभरमा छ, अब बैंक हाम्रै नियन्त्रणमा चल्छ’ भन्दै खुलेआम बोल्ने गरेका थिए । त्यसपछि उनको पहुँच र संरक्षणबारे थप चर्चा सुरु भएको हो ।

यही बीचमा अहिले काठमाडौं प्रहरी परिसरको नेतृत्व परिवर्तनको चर्चा चुलिएको छ । स्रोतका अनुसार सीआईबी प्रमुख एआईजी डा. मनोजकुमार केसीमार्फत एसएसपी शिव श्रेष्ठलाई काठमाडौं परिसरको प्रमुख बनाउन दबाब भइरहेको छ ।

तर, प्रभु बैंक अनुसन्धानमै आफ्ना दाजुलाई जोगाएको आरोप खेपिरहेका अधिकारीलाई राजधानीको सुरक्षा जिम्मा दिन खोजिनु गम्भीर प्रश्नको विषय बनेको छ । ‘आफ्नै नातेदारको अनुसन्धान निष्पक्ष गर्न नसक्ने अधिकृतले सर्वसाधारणलाई न्याय दिन सक्छन् ?’ भन्ने प्रश्न प्रहरी वृत्तमै उठ्न थालेको छ ।

एसएसपी सरुवाको चर्चा तीव्र भइरहेका बेला काठमाडौं परिसरको नेतृत्वका लागि एसएसपी अजय केसी, दयानिधि ज्ञवाली, सुरेश काफ्ले, दिलीप घिमिरे र शिव श्रेष्ठबीच प्रतिस्पर्धा रहेको बताइएको छ ।

त्यस्तै ललितपुर परिसर, उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषधि नियन्त्रण ब्यूरो, मानव बेचबिखन अनुसन्धान ब्यूरो तथा विभिन्न तालिम केन्द्रका प्रमुखहरूको समेत सरुवा तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

कमाण्ड क्षमतामाथि गम्भीर प्रश्न

काठमाडौं परिसरको नेतृत्वको चर्को दौडधुपमा रहेका एसएसपी श्रेष्ठमाथि भने संगठनभित्रै गम्भीर प्रश्न उठ्न थालेको छ । प्रहरी स्रोतका अनुसार उनको कमाण्ड क्षमता कमजोर रहेको टिप्पणी प्रहरी वृत्तमै हुने गरेको छ । विशेषगरी मातहतका प्रहरी कर्मचारीलाई प्रभावकारी रूपमा परिचालन गर्न नसक्ने कमजोरी उनको नेतृत्वशैलीमा देखिन्छ ।

स्रोतका अनुसार श्रेष्ठले आफू मातहतका अधिकृत तथा कर्मचारीमाथि सहज रूपमा विश्वास नगर्ने प्रवृत्ति राख्ने गरेका छन् । जसका कारण टिमवर्क प्रभावित हुने र निर्णय प्रक्रियासमेत सीमित घेराभित्र मात्रै केन्द्रित हुने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । काठमाडौं जस्तो संवेदनशील र अत्यधिक दबाब हुने जिल्लामा भने समन्वय, विश्वास र द्रुत अपरेशनल कमाण्ड अत्यावश्यक मानिन्छ ।

प्रहरी संगठनभित्रै केही अधिकारीहरूले श्रेष्ठको अपरेशनल क्षमता कमजोर रहेको टिप्पणी गर्ने गरेका छन् । फिल्ड कमाण्ड, आकस्मिक सुरक्षा व्यवस्थापन तथा संवेदनशील घटनाको नेतृत्वमा प्रभावकारी भूमिका देखाउन नसकेको आरोप उनीमाथि लाग्दै आएको छ । यही कारणले उनको विगतदेखि हालसम्मको कार्यशैली पटक–पटक आलोचनाको विषय बन्ने गरेको स्रोत बताउँछ ।

यता, काठमाडौं परिसरको नेतृत्व चयन प्रक्रियामा भने कमाण्ड क्षमता, उपत्यकाको सुरक्षा अनुभव र संकट व्यवस्थापन कौशललाई मुख्य आधार बनाइने प्रहरी मुख्यालय स्रोतको दाबी छ ।

Facebook Comments Box
भगवती शाही स्मृती स्तम्भ उद्घाटन
१७ घण्टा अगाडि

2.1kViews 497 Shares Share on Facebook Share on Twitter अछाम/बागेश्वरी धार्मिक तथा पर्यटकीय क्षेत्र बिकास समिती नागपर्वत नाडा अछाममा भगवती…

TOP
196 Shares