

जनकपुरधामलाई विवाह गन्तव्य बनाउने सरकारको घोषणा, पर्यटन प्रवर्द्धनमा जोड
जनकपुरधाम । संघीय सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको माता सीताको जन्मभूमि तथा मधेस प्रदेशको राजधानी जनकपुरधामलाई विवाह गन्तव्य (wedding destination) का रूपमा विकास गर्ने घोषणा गरेका छन् ।
शुक्रबार संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले जनकपुरधामको सांस्कृतिक र धार्मिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित यो योजना अघि सारिएको बताए ।
बजेटमार्फत रामजानकी पथ तथा रामजानकी परिक्रमा सडकको स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गरिएको उनले जानकारी दिए । साथै मधेस प्रदेशको लाइफलाइनका रूपमा रहेको हुलाकी राजमार्ग, पूर्व–पश्चिम राजमार्ग तथा रेल्वे विकासलाई समेत प्राथमिकतामा राखिएको छ ।
त्यसैगरी मधेस क्षेत्रको शिक्षा, स्वास्थ्य, खेलकुद तथा पोषण कार्यक्रमका लागि समेत बजेट विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।
सरकारको यो घोषणालाई प्रदेशमा सकारात्मक रूपमा लिइएको छ । उद्योग वाणिज्य संघ जनकपुरधामका अध्यक्ष सुरेन्द्र भण्डारीले जनकपुरधामलाई विवाह गन्तव्यका रूपमा विकास गर्ने योजनाले पर्यटकको आगमन बढ्ने र रोजगारी सिर्जना हुने विश्वास व्यक्त गरे ।
उनले बजेटमा कर छुटसम्बन्धी व्यवस्थाले उद्योगी–व्यवसायीलाई समेत राहत पुगेको उल्लेख गर्दै यसले समग्र आर्थिक गतिविधि चलायमान बनाउन सहयोग गर्ने धारणा राखे ।
समाज
थप सामाग्री-
नेपाल प्रहरीमा १६ वर्षमै पेन्सन प्रणालीबारे अध्ययन अघि बढ्ने संकेत, सुधारतर्फ नीतिगत कदम
-
जनकपुरधामलाई विवाह गन्तव्य बनाउने सरकारको घोषणा, पर्यटन प्रवर्द्धनमा जोड
-
इच्छा पूरा गरिदिने पाथीभरा देवी र उत्पति
-
आज जेठ १६ गते शनिबार,यस्तो छ तपाईको राशिफल
-
गणतन्त्र दिवसमा चार पत्रकार पुरस्कृत, कार्कीसहित विधागत सम्मान प्रदान
गणतन्त्र दिवस मूल समारोहमा ड्युटीका क्रममा सैनिक जवान बेहोस
१ दिन अगाडि
1.8kViews 317 Shares Share on Facebook Share on Twitter काठमाडौँ । गणतन्त्र दिवस २०८३ को मूल समारोहमा ड्युटीमा खटिएका एक…



