

नारायणगढ वडा प्रहरी कार्यालयमाथि अनियमितता र आर्थिक लेनदेनका गम्भीर आरोप, निगरानी र जवाफदेहितामाथि प्रश्न
भरतपुर । नारायणगढस्थित वडा प्रहरी कार्यालयमा कार्यरत केही प्रहरी अधिकृतहरूको कार्यशैली र गतिविधिलाई लिएर स्थानीय स्तरमा गम्भीर आरोपहरू सार्वजनिक भएका छन् । स्थानीय व्यवसायी, यातायात व्यवसायी तथा सर्वसाधारणले प्रहरीको भूमिकामाथि प्रश्न उठाउँदै अनियमितता, आर्थिक चलखेल र दुरुपयोगका दाबी गरेका छन् ।
वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक कुशराज कार्कीको कार्यशैलीप्रति लक्षित गर्दै स्थानीयस्तरमा असन्तुष्टि तीव्र बनेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका दाबीहरू र स्थानीय गुनासोपछि कार्यालयको निगरानी, नियन्त्रण क्षमता तथा पारदर्शिताबारे बहस चर्किएको देखिन्छ ।
दुई साताअघि एक स्थानीय पत्रकारले सामाजिक सञ्जालमार्फत प्रहरी कार्यालय आसपास अवैध गतिविधि भइरहेको दाबी सार्वजनिक गरेपछि यो विषय झन् चर्चामा आएको हो । त्यसयता प्रहरीको भूमिका र प्रभावकारिताबारे प्रश्नहरू अझ तीव्र बनेका छन् ।
स्थानीय व्यवसायी तथा स्रोतहरूको भनाइ उद्धृत गर्दै विभिन्न प्रकारका आर्थिक लेनदेनका आरोपहरू पनि सार्वजनिक भएका छन् । विशेषगरी यातायात क्षेत्र, दोहोरी साँझ, रोधीघर तथा अन्य व्यवसायिक गतिविधिसँग सम्बन्धित संरचनाबाट नियमित रकम उठाउने गरिएको दाबी गरिएको छ । त्यस्ता आरोपहरू पुष्टि भने हालसम्म स्वतन्त्र रूपमा हुन सकेका छैनन् ।
यस्तै, ट्राफिक तथा कागजातविहीन सवारीसाधन नियन्त्रणपछि आर्थिक सम्झौताका आधारमा छाड्ने, तथा चेकजाँचका नाममा अनियमित दबाब दिने गरिएको समेत स्थानीयको गुनासो छ ।
व्यवसायीहरूले सडक किनारका साना व्यापारीदेखि यातायात व्यवसायीसम्मलाई अनावश्यक दबाब, दुर्व्यवहार र आर्थिक माग गरिने गरेको आरोप लगाएका छन् । केहीले ग्यास सिलिन्डर नियन्त्रणमा लिने तथा व्यवसाय सञ्चालनमा अवरोध पुर्याउने घटनासमेत भएको दाबी गरेका छन् ।
त्यसैगरी लागुऔषध तथा अवैध सामग्रीसम्बन्धी घटनामा समेत ‘सेटिङ’ हुने गरेको आरोप स्थानीय स्रोतहरूले उठाएका छन् । तर यी सबै दाबीहरू सम्बन्धित निकायबाट आधिकारिक रूपमा पुष्टि हुन बाँकी छन् ।
सामाजिक सञ्जाल र स्थानीय गुनासोपछि यस विषयमा जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय तथा प्रहरी प्रधान कार्यालयसम्म उजुरी पुगेको स्थानीय स्रोतको दाबी छ । तर औपचारिक छानबिन वा निष्कर्षबारे हालसम्म कुनै आधिकारिक विवरण सार्वजनिक भएको छैन ।
यसैबीच, विगतका केही घटनाहरू—जस्तै क्याम्पाचौर क्षेत्रमा मदिरा बिक्री सम्बन्धी विवाद, पत्रकारमाथि भएको भनिएको दुर्व्यवहार र नदी किनारमा सञ्चालन हुने गतिविधिसम्बन्धी आरोप—समेत पुनः चर्चामा आएका छन् ।
स्थानीय तहमा उठेका यस्ता गम्भीर आरोपहरूले प्रहरीको जवाफदेहिता, आन्तरिक निगरानी प्रणाली र पारदर्शितामाथि पुनः प्रश्न खडा गरेको देखिन्छ । तर, सम्बन्धित प्रहरी कार्यालय वा प्रहरी निरीक्षक कार्कीको आधिकारिक प्रतिक्रिया भने यस समाचार तयार पार्दासम्म प्राप्त भएको छैन ।
यो विषयमा आवश्यक छानबिन र सत्यतथ्य सार्वजनिक गर्न सरोकारवालाहरूले माग गर्दै आएका छन् ।
समाज
थप सामाग्री-
झापामा एशियन हाइवे निर्माणको नाममा कनकाई नदीमा अत्यधिक उत्खनन, नदीको प्राकृतिक स्वरूप जोखिममा
-
नारायणगढ वडा प्रहरी कार्यालयमाथि अनियमितता र आर्थिक लेनदेनका गम्भीर आरोप, निगरानी र जवाफदेहितामाथि प्रश्न
-
चार प्रहरी उपरीक्षक एसएसपीमा बढुवाका लागि सिफारिस
-
संकटको घडीमा उभिएको नेतृत्व : आईजीपी दानबहादुर कार्कीको संयम, साहस र संगठन पुनर्जीवनको कथा
-
आज जेठ १४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
आज देशभर ईद उल-अजहा उल्लासपूर्वक मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा
१० घण्टा अगाडि
2.0kViews 425 Shares Share on Facebook Share on Twitter काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईद उल-अजहा (बकर ईद) आज…



