

आज देशभर ईद उल-अजहा उल्लासपूर्वक मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा
काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईद उल-अजहा (बकर ईद) आज नेपालभर श्रद्धा, उत्साह र धार्मिक आस्थाका साथ मनाइँदैछ । त्याग, समर्पण, दान र भाइचाराको सन्देश बोकेको यो पर्व मुस्लिम समुदायको दोस्रो ठूलो धार्मिक पर्वका रूपमा मानिन्छ ।
हिजरी संवत्अनुसार १२औँ महिनाको १०औँ दिन मनाइने ईद उल-अजहा हजरत इब्राहिमले अल्लाहको आदेशअनुसार आफ्ना प्रिय पुत्र हजरत इस्माइलको कुर्वानी दिन तयार भएको ऐतिहासिक घटनाको सम्झनामा मनाइन्छ । धार्मिक विश्वासअनुसार इब्राहिमको अटुट आस्था र समर्पणबाट प्रसन्न हुँदै अल्लाहले इस्माइलको सट्टा जनावरको कुर्वानी स्वीकार गरेका थिए । त्यसयता यो पर्व त्याग र अल्लाहप्रतिको निष्ठाको प्रतीकका रूपमा मनाइँदै आएको छ ।
आज बिहानैदेखि देशका विभिन्न जामे मस्जिद, इदगाह तथा धार्मिक स्थलहरूमा मुस्लिम समुदायका श्रद्धालुहरू भेला भएर विशेष सामूहिक नमाज अदा गरेका छन् । नमाजपछि एकअर्काबीच शुभकामना आदानप्रदान गर्दै शान्ति, सद्भाव र समृद्धिको कामना गरिएको छ ।
ईद उल-अजहाको मुख्य विशेषता कुर्वानी अर्थात् पशु बलिदान हो । धार्मिक परम्पराअनुसार मुस्लिम समुदायले भेडा, बाख्रा, राँगा, भैंसीलगायतका जनावरको कुर्वानी दिई त्यसको मासुलाई तीन भागमा बाँड्ने चलन छ । एक भाग आफ्नो परिवारका लागि, अर्को आफन्त तथा छिमेकीका लागि र तेस्रो भाग गरिब तथा विपन्न समुदायका लागि छुट्याइन्छ । यसले समाजमा समानता, सहयोग र मानवीय भावनालाई बलियो बनाउने विश्वास गरिएको छ ।
यो पर्वले धार्मिक आस्थासँगै सामाजिक सद्भाव, दानशीलता र मानव सेवाको सन्देश पनि प्रवाह गर्ने गर्दछ । मुस्लिम समुदायले आजको दिनलाई विशेष उल्लासका साथ परिवार, आफन्त र साथीभाइसँग मनाउने गरेका छन् ।
ईद उल-अजहाको अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
यस अवसरमा विभिन्न राजनीतिक दलका नेता, सामाजिक संघसंस्था तथा शुभेच्छुकहरूले मुस्लिम समुदायप्रति शुभकामना व्यक्त गरेका छन् ।
सबै मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा ईद उल-अजहा मुबारक ।
समाज
थप सामाग्री-
झापामा एशियन हाइवे निर्माणको नाममा कनकाई नदीमा अत्यधिक उत्खनन, नदीको प्राकृतिक स्वरूप जोखिममा
-
नारायणगढ वडा प्रहरी कार्यालयमाथि अनियमितता र आर्थिक लेनदेनका गम्भीर आरोप, निगरानी र जवाफदेहितामाथि प्रश्न
-
चार प्रहरी उपरीक्षक एसएसपीमा बढुवाका लागि सिफारिस
-
संकटको घडीमा उभिएको नेतृत्व : आईजीपी दानबहादुर कार्कीको संयम, साहस र संगठन पुनर्जीवनको कथा
-
आज जेठ १४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
आज देशभर ईद उल-अजहा उल्लासपूर्वक मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा
१० घण्टा अगाडि
2.0kViews 425 Shares Share on Facebook Share on Twitter काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईद उल-अजहा (बकर ईद) आज…



