

चार प्रहरी उपरीक्षक एसएसपीमा बढुवाका लागि सिफारिस
काठमाडौं । गृह मन्त्रालय, बढुवा समितिको सचिवालयले नेपाल प्रहरीका चार जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरेको छ।
जेठ १३ गते बसेको बढुवा समितिको बैठकले जनपद तथा प्राविधिक समूहअन्तर्गतका योग्य अधिकृतहरूलाई एसएसपी पदमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो।
सिफारिस सूचीअनुसार जनपद समूहतर्फ जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत एसपी अमरेन्द्र बहादुर सिंहलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ।
त्यसैगरी प्राविधिक समूहतर्फ स्वास्थ्य उप-समूह (चिकित्सक) बाट नेपाल प्रहरी अस्पतालमा कार्यरत डा. सेवक श्रेष्ठलाई एसएसपी पदमा बढुवाका लागि सिफारिस गरिएको छ।
यस्तै इन्जिनियरिङ उपसमूह (सूचना प्रविधि) अन्तर्गत एसपी सरोज शाक्य र मनिषराज सापकोटालाई समेत एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ।
प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम (४) बमोजिम बढुवा समितिले उक्त निर्णय गरेको सचिवालयले जनाएको छ।
समाज
थप सामाग्री-
झापामा एशियन हाइवे निर्माणको नाममा कनकाई नदीमा अत्यधिक उत्खनन, नदीको प्राकृतिक स्वरूप जोखिममा
-
नारायणगढ वडा प्रहरी कार्यालयमाथि अनियमितता र आर्थिक लेनदेनका गम्भीर आरोप, निगरानी र जवाफदेहितामाथि प्रश्न
-
चार प्रहरी उपरीक्षक एसएसपीमा बढुवाका लागि सिफारिस
-
संकटको घडीमा उभिएको नेतृत्व : आईजीपी दानबहादुर कार्कीको संयम, साहस र संगठन पुनर्जीवनको कथा
-
आज जेठ १४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
आज देशभर ईद उल-अजहा उल्लासपूर्वक मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा
११ घण्टा अगाडि
2.0kViews 425 Shares Share on Facebook Share on Twitter काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईद उल-अजहा (बकर ईद) आज…



