

भारतमा प्रि–मनसुनको कहर: बिहार–यूपीमा ४८ जनाको मृत्यु
काठमाडौँ । छिमेकी मुलुक भारतका विभिन्न राज्यहरू एकातिर भीषण गर्मीको चपेटामा परिरहेका छन् भने अर्कोतर्फ प्रि–मनसुन वर्षा, आँधीबेहरी र चट्याङले जनजीवन प्रभावित बनाएको छ। पछिल्लो २४ घण्टामा बिहार र उत्तर प्रदेशमा आएको खराब मौसमका कारण कम्तीमा ४८ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
बिहारमा आँधीबेहरी, वर्षा र चट्याङका कारण १७ जनाको ज्यान गएको छ। खराब मौसमका कारण प्रान्तीय राजधानी पटनाको हवाई सेवा समेत प्रभावित भएको छ। पटना विमानस्थलमा अवतरण गर्नुपर्ने चारवटा उडान अन्यत्र मोडिएका छन् भने १८ वटा उडान ढिला हुँदा पाँच सयभन्दा बढी यात्रु समस्यामा परेका छन्। मौसम विज्ञान विभागले आज बिहारका २५ जिल्लामा वर्षाको सम्भावना रहेको जनाएको छ।
यस्तै, उत्तर प्रदेशमा पछिल्लो २४ घण्टामा आँधी–तूफान र वर्षाका कारण ३१ जनाको मृत्यु भएको छ। सहारनपुर क्षेत्रमा भारी वर्षापछि पहाडबाट आएको तीव्र बहावले सडकमा गुडिरहेका इनोवा कार, ट्र्याक्टरसहित करिब १० वटा सवारीसाधन बगाएको बताइएको छ।
भारतीय मौसम विभागले उत्तर प्रदेशका सबै ७५ जिल्लामा वर्षाको अलर्ट जारी गरेको छ। यसबीच भारतका धेरै सहरमा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। चिकित्सकहरूले अत्यधिक गर्मीका कारण हुने हीट स्ट्रोक र लूबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।
यसैबीच, भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले आगामी सात दिनभित्र मनसुन केरलामा प्रवेश गर्ने अनुमान सार्वजनिक गरेको छ। तर यस वर्षको मनसुन सामान्यभन्दा कमजोर रहने संकेत पनि विभागले दिएको छ।
आईएमडीका अनुसार जुनदेखि सेप्टेम्बरसम्म भारतका अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षा हुने सम्भावना छ। यस अवधिमा देशभर औसत ७८ सेन्टिमिटर वर्षा हुने अनुमान गरिएको छ, जबकि सामान्य मनसुनी वर्षाको औसत ८७ सेन्टिमिटर मानिन्छ।
बिहार र उत्तर प्रदेशमा भने सामान्य वर्षा हुन सक्ने सम्भावना रहेको भए पनि अन्य धेरै क्षेत्रमा, विशेषगरी वर्षामा निर्भर कृषि प्रणाली भएका भूभागमा कमजोर मनसुनले असर पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
समाज
थप सामाग्री-
डिएसपी कोपिला चुडालको प्रमुख आतिथ्यतामा शुभकामना आदान–प्रदान तथा कानुनी अनुशिक्षण कार्यक्रम सम्पन्न
-
नेपाल प्रहरीमा १६ वर्षमै पेन्सन प्रणालीबारे अध्ययन अघि बढ्ने संकेत, सुधारतर्फ नीतिगत कदम
-
जनकपुरधामलाई विवाह गन्तव्य बनाउने सरकारको घोषणा, पर्यटन प्रवर्द्धनमा जोड
-
इच्छा पूरा गरिदिने पाथीभरा देवी र उत्पति
-
आज जेठ १६ गते शनिबार,यस्तो छ तपाईको राशिफल
गणतन्त्र दिवसमा चार पत्रकार पुरस्कृत, कार्कीसहित विधागत सम्मान प्रदान
२२ घण्टा अगाडि
1.7kViews 426 Shares Share on Facebook Share on Twitter हेटौँडा । बागमती प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा चार जना पत्रकारलाई…



