अभौतिक मुद्रा र साइबर अपराध नियन्त्रणमा सरोकारवाला निकाय एकै थलोमा, अनुसन्धानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता

काठमाडौं । अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) तथा प्रविधिजन्य अपराधका घटनाहरू पछिल्लो समय तीव्र रूपमा बढ्दै गएपछि त्यस्ता अपराधको नियन्त्रण, रोकथाम र अनुसन्धानलाई अझ प्रभावकारी तथा परिणाममुखी बनाउने उद्देश्यले सरोकारवाला निकायहरूबीच एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको आयोजनामा नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा आयोजित उक्त कार्यक्रम एआईजी ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा अभौतिक मुद्रा तथा साइबर अपराधसँग सम्बन्धित चुनौती, अनुसन्धानका क्रममा देखिएका कानुनी तथा प्राविधिक जटिलता, अन्तरनिकाय समन्वय र अपराध नियन्त्रणका नवीन उपायबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले डिजिटल युगसँगै विकसित भइरहेका नयाँ प्रकृतिका अपराधहरू नियन्त्रण गर्न सम्बन्धित निकायबीच सूचना आदान–प्रदान, प्राविधिक क्षमता अभिवृद्धि र प्रभावकारी सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका थिए।

अन्तरक्रियामा उपत्यका प्रहरी कार्यालयका डीआईजी ओमप्रसाद अधिकारी, एसएसपी प्रविण धिताल, महान्यायाधिवक्ताको कार्यालय, उच्च सरकारी वकिल कार्यालय पाटन, विशेष सरकारी वकिल कार्यालय काठमाडौं तथा काठमाडौं उपत्यकाका तीनवटै जिल्ला सरकारी वकिल कार्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

त्यसैगरी नेपाल राष्ट्र बैंक, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, इन्टरनेट सेवा प्रदायक संस्थाहरू, डिजिटल वालेट कम्पनीहरू, सरकारी निकायका प्रतिनिधि, प्रहरी अनुसन्धान अधिकृत, साइबर तथा वित्तीय क्षेत्रका विज्ञ र अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमले अभौतिक मुद्रा तथा प्रविधिजन्य अपराधविरुद्धको अनुसन्धानलाई थप वैज्ञानिक, वस्तुनिष्ठ र प्रभावकारी बनाउन सम्बन्धित निकायहरूबीच सहकार्य र समन्वयलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

Facebook Comments Box
“बालश्रममुक्त समाज निर्माणमा मोरङ प्रहरीको प्रतिबद्धता, विश्व बालश्रम विरुद्ध दिवस भव्य रूपमा सम्पन्न”
१९ घण्टा अगाडि

1.7kViews 277 Shares Share on Facebook Share on Twitter विराटनगर । विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय मोरङले…

TOP
261 Shares