सुस्तामा एसएसबी प्रवेशपछि स्थानीयको प्रतिकार, समन्वयपछि अवस्था सामान्य

सुस्ता । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ थारू टोलमा शुक्रबार बिहान भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोली नेपाली भूभागमा प्रवेश गरेपछि स्थानीयवासीले प्रतिकार गर्दै उनीहरूलाई फर्काइदिएका छन्।

बिहान करिब ७ बजे सुस्ता क्षेत्रमा प्रवेश गरेको एसएसबी टोलीलाई खेतमा काम गरिरहेका स्थानीयले आपत्ति जनाउँदै ‘नेपाली भूमिमा किन प्रवेश गरेको?’ भन्दै होहल्ला र विरोध जनाएका थिए। त्यसपछि केही समय स्थानीय र भारतीय सुरक्षाकर्मीबीच सामान्य विवादसमेत भएको थियो। स्थानीयको प्रतिवादपछि एसएसबी टोली आफ्नो भूमितर्फ फर्किएको बताइएको छ।

सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालका अनुसार भारतीय सुरक्षाकर्मी नेपाली भूभागमा देखिएपछि स्थानीयले तत्काल आपत्ति जनाउँदै फर्कन आग्रह गरेका थिए। पछि दुवै पक्षका सुरक्षाकर्मीको समन्वयपछि स्थिति नियन्त्रणमा आएको उनले जानकारी दिए।

यसैबीच पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले भने, नियमित गस्तीका क्रममा भारतीय सुरक्षाकर्मी सुस्ताको घोला क्षेत्र पार गर्ने क्रममा संयोगवश नेपाली भूभागतर्फ प्रवेश गरेको हुनसक्ने प्रारम्भिक जानकारी आएको बताएका छन्। उनका अनुसार घटनापछि तत्काल नेपाली सुरक्षाकर्मी परिचालन गरी समन्वय गरिएको र अहिले अवस्था सामान्य रहेको छ।

नेपाल–भारत सीमाको सुस्ता क्षेत्र वर्षौंदेखि विवादित रहँदै आएको छ। कुल करिब २४ किलोमिटर क्षेत्रमा सीमास्तम्भ नहुँदा सिमलको रुख, नदीको धार र अन्य प्राकृतिक संकेतलाई आधार मानेर सीमा छुट्याइँदै आएको छ, जसका कारण बेलाबेला स्थानीय र सुरक्षाकर्मीबीच तनाव उत्पन्न हुने गरेको छ।

सुस्ता क्षेत्रको कुल ४० हजार ९८० हेक्टरमध्ये ठूलो हिस्सा विवादित रहेको र सीमांकन स्पष्ट नहुँदा स्थानीयले जोतभोगमा समस्या भोग्दै आएका छन्।

Facebook Comments Box
“बालश्रममुक्त समाज निर्माणमा मोरङ प्रहरीको प्रतिबद्धता, विश्व बालश्रम विरुद्ध दिवस भव्य रूपमा सम्पन्न”
२० घण्टा अगाडि

1.8kViews 277 Shares Share on Facebook Share on Twitter विराटनगर । विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय मोरङले…

TOP
215 Shares