पर्साको श्रीपुर बजारमा जुवाडे पक्राउ : १२ जना नियन्त्रणमा, नगद र तास बरामद

वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिका–२ स्थित श्रीपुर बजारमा जुवा खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आइतबार छापा मारेर जुवाडेहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनास्थलबाट जुवामा प्रयोग भइरहेको ५ बुक तास र नगद ४१ हजार ३३५ रुपैयाँ बरामद गरेको जनाएको छ।

पक्राउ परेकाहरूको नाम, ठेगाना र विस्तृत विवरण सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Facebook Comments Box
TOP
368 Shares